के छन् अाजका प्रमुख समाचार ? पढाैं

211 Hits

काठमाडौं, २५ साउन ।

अाज विक्रम संवत् २०७५ साउन २५ गते शुक्रबार तदअनुसार १० अगष्ट २०१८ । अाजका मुख्य समाचारहरू निम्न रहेका छन् ।


-अब, दाइजो मागे ३ वर्ष, बहुविवाह गरे ५ वर्ष जेल/शारीरिक सम्पर्कबाट शिशु जन्मे विवाह मानिने/ २० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद हुने
-सम्पत्ति शुद्धीकरण मुद्दामा गुण्डा नाइके’ गणेश लामा दोषी ठहर/ एक वर्ष कैद र डेढ करोडकाे सम्पत्ति जफतको सजाय
-पेटको उपचार गर्न देउवा सिंगापुर प्रस्थान, चिकित्सक भन्छन्– पेटसम्बन्धी सबै रोगको उपचार नेपालमै हुन्छ
-युएईको अस्पतालमा ४ वर्षदेखि अचेत नेपाली/जङ्गबहादुर फर्किए, ५ नेपालीको कोमामा उपचार हुँदै
-अपहरणकारी’को इन्काउन्टरबारे गृहमन्त्रीको चासो, आईजीपीले भने- भिडन्त भएकै हो

– महेन्द्र राजमार्ग चार लेन बनाइने
-धनुषाकाे खजुरीसम्म अाइपुग्याे रेल
–मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, ठेकेदार भन्छन्–१५ दिनमा खाल्डाखुल्डी रहँदैन
-हामी फुटेको ढोल हौं : राजेन्द्र महतो
-नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही हुने, पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालय
-महिला सांसद भन्छन् – आमाको नामबाट नागरिकता दिलाउन लड्छौं
-जनप्रतिनिधिहरूले पार्टीको कार्यकारी पद नपाउने नेकपाको निर्णय
-पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

-३० लाख धरौटीमा म्यानपावर खोलेर करोड ठगी, सञ्चालक भागेपछि तनावमा दर्जनौं पीडित !
-बिम्स्टेक शिखर सम्मेलनका लागि तार व्यवस्थापन गरिँदै
– ४ वर्षदेखि बन्द रहेको जनकपुर–जयनगर रेल सेवा पुन: सञ्चालनमा ल्याइने
-हवाई यात्रुको न्यूनतम बिमा १ लाख ५८ हजार अमेरिकी डलर हुने
-काँग्रेसलाई सङ्घीयता घाँडो : भदौमा गर्ने भनेको महासमिति बैठक सर्ने निश्चित
-कैलालीस्थित गुट्खा उद्योगमा बम विष्फोट
-८४ लाख नगदसहित ४ जना भारतीय प्रहरीको नियन्त्रणमा

-राष्ट्रिय परीक्षा बोर्डमा बदमासी : कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर फेरि लेखियो
-युरोपबाट फर्किएपछि बाबुरामले भने, ‘दक्षिणपन्थी विकल्प आउन नदिन सतर्क हुनुपर्छ’
-बंगलादेशी दूतावासअगाडि नेपाली फोटो पत्रकारको प्रदर्शन
-जनकपुर–जयनगर रेलको सफल परीक्षण
-आदिवासी जनजातिको १३ बुँदे काठमाडौं घोषणापत्र जारी

-भदौ २ भित्रै महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन
-घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली परे फन्दामा
-ईरानसँग व्यापार गर्नेले अमेरिकासँग कुनै कारोबार गर्न नपाउने ट्रम्पको धम्की
-हिमतालमा तीन विद्यार्थी बेपत्ता : भ्रमण लाने शिक्षक निलम्बित
-विराटनगर, एमबीबीएस अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको मृत्यु रहस्यमय

-कलंकी-नागढुंगा सडकः न बसिसाध्यै, न हिँडिसाध्यै
-नेपाल र बंगलादेशबीच ऊर्जाको व्यापार र लगानी सम्वन्धी सम्झौता हुने
-बलाधिकृत रथी पूर्णचन्द्र थापा कायममुकायम प्रधानसेनापति
-अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने
-नेपाल–भारत सुरक्षा बैठक : सीमामा संयुक्त गस्ती बढाइने

-वीर अस्पतालको सफाई गर्दा अपुग भएकोले धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख अनुदान
-गुठीको सार्वजनिक जग्गा बेच्ने र अवैध बस्ती बसाउने क्रम उस्तै
-रेलको विरोध गर्नेलाई प्रदीप ज्ञवालीको प्रश्न : ट्रकमा के हालेर पठाउनुभएको छ ?

श्राेत : रेडियो नेपाल

Loading...

Related News

२३ लाखले छाडिसके काठमाडाैं, अझै १५ लाखले छाड्ने

काठमाडौँ,  २९ असोज  । दशै नेपालीहरूकाे महान् चाड हाे । पुनर्मिलन गराउने चाडकाे रूपमा समेत लिइने याे पर्वमा विदेशबाट समेत…

मलाई साथ दिनुस् अपराधीलाई सिध्याईदिन्छु : गृहमन्त्री

काठमाडौँ, २९ असोज  । गृहमन्त्री रामबहादुर थापाले जनताकाे साथ भएमा अपराध र अपराधीहरूलाई सिध्याउन सकिने बताएका छन् । शान्ति र स्थायित्वका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी