सरकार र सदनमा सहभागी नेकपाका नेताहरुले पार्टीमा मुख्य जिम्मा नपाउने

645 Hits

काठमाडौं, २४ साउन ।

नेपाल कम्युनिस्ट पार्टि (नेकपा) को सचिबालय बैठक सकिएको छ। बैठकले तल्लो तहमा हुने एकतामा संघीय र प्रादेशिक संसदका कुनैपनि सांसदलाई जिल्ला पार्टी वा त्यो भन्दा तलको कुनैपनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको छ।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार सम्पन्न बैठक पछाडि पार्टि प्रबक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकको निर्णय बारे जानकारी गराउदै उक्त कुराको जानकारी गराएका हुन् । श्रेष्ठका अनुसार विधान तथा नियमावलीलाई अझ व्यवस्थित र संगठन सञ्चालनको आचार संहिता निर्माणका लागि सुवाष नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भूषाल, जनार्दशन शर्मा र बेदुराम भूषाल रहेको कार्यदल निर्माण भएको छ।

राजनीतिक प्रतिवेदन प्रकासित नभएकोले श्रावण मसान्तभित्र सो प्रतिवेदन प्रकासित गर्ने निर्णय पनि गरेको उनले बताए । त्यसैगरी बैठकले पार्टिको केन्द्रीय कार्यालय धुम्बाराही र जनबर्गीय संगठन,सुभेच्छुक संघ-संगठनहरुको लागि पेरिस डाडामा कार्यालय तोकेको छ ।
चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधि मण्डल चीन जाने निर्णय भएको उनले जानकारी दिए । त्यसैगरी पार्टिको तल्लो तह सम्मको संचरनालाई अन्तिम रुप दिन स्थायी समितिको बैठक आगामी ८–९ भदौमा गर्ने निर्णय गरेको छ।

Related News

माओवादी एमाले एकताको अन्तिम गृहकार्यमा, प्रधानमन्त्री निवास बालुवाटरमा भित्र बैठक, बाहिर पत्रकार

काठमाडौँ, ७ फागुन । लामो आशंका र अधैर्यतालाई चिर्दै अन्नतः नेपालका दुई ठूला वामपंथी पार्टीहरु एकताको अन्तिम तयारीमा जुटेका छन् ।…

‘अक्टोबर समाजवादी क्रान्ति’ नयाँ युगको शुरूवात : श्रेष्ठ

महोत्तरी,२५ माघ नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अक्टोबर समाजवादी क्रान्तिले नयाँ युगको शुरूवात गरेको बताउनुभएको छ…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी