आफ्नै पतिद्वारा गोली हानी पाकिस्तानी गायिकाको हत्या !

42 Hits

एजेन्सी, साउन २४/
पाकिस्तानकी चर्चित गायिका तथा नायिका रेशमाको आफ्नै श्रीमान्ले गोली हानेर हत्या गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पारिवारिक विवादलाई लिएर उनले आफ्नै गायिका श्रीमतीको हत्या गरेका हुन् ।

खबरअनुसार जग्गाको विवादलाई लिएर रेशमा र उनका श्रीमान्बीच विवाद थियो । पाकिस्तानको खैबर पख्तुनवामा रेशमाको हत्या भएको हो । चौथी श्रीमतीको रूपमा भित्रिएकी रेशमा श्रीमान्सँगको विवादपछि भाइको घरमा रहँदै आएको बताइएको छ ।

पाकिस्तानी मिडियाले भनेका छन् कि, श्रीमान्ले रेशमा घरभित्र पस्नासाथ गोली चलाएका थिए । उनको गोली लागेर घटनास्थलमै ज्यान गएको थियो ।

खबरअनुसार यो घटना गत अगस्ट १ मै भए पनि सातादिनपछि मात्रै घटना बाहिरिएको हो । मृतक गायिका रेशमा पाकिस्तानमा पश्तो गीतकी चर्चित गायिकाका रूपमा चिनिन्थिन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी