बलात्कारको कहालिलाग्दो तथ्यांक, ४ वर्षमा ४,४४५ महिला बलात्कृत

767 Hits

काठमाडौं, २४ साउन ।
नेपालमा महलिा हिंसा अन्त्य गर्न भनेर सरकराले अरबौं रकम खर्चिरहेको छ । त्यसैगरी विभिन्न गैरसरकारी संस्थाहरुले डलरको खोाले नै बगाएका छन् तर महिला हिंसा र बलात्कार घट्नुको बदला बढेका रिपोर्टहरु सार्वजनीक भइरहेका छन् ।

पछिल्लो तथ्यांक अनुसार विगत ४ वर्षमा ४ हजार ४ सय ४५ जना महिला वलात्कृत भएका छन् । यो अत्यन्तै कहालिलाग्दो तथ्यांक हो ।
आजको नयाँ पत्रिकामा यस सम्वन्धी टेकराज थामीले समाचार प्रकाशित गरेका छन् ।
हरेक दिन तीनजना बलात्कृत

नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ ।

बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको सिकार भएका छन् ।

चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यसमध्ये १० देखि १६ वर्ष उमेरका बालिका १ हजार ३ सय १३ छन् । १० वर्षमुनिका ८ सय २० बालिका बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका ४ सय ५१ जनामाथि बलात्कार भएको छ । चार वर्षमा बलात्कृत भएका १ हजार ५ सय १६ जना भने २० वर्षमाथिका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बलात्कारका घटना प्रत्येक वर्ष बढ्दै गएको बताए । ‘चार वर्षयताको तथ्यांक हेर्दा बलात्कारका घटना बढेकोबढ्यै देखिन्छ । यस अवधिमा चार हजारभन्दा धेरै पीडित भएका छन्,’ एसएसपी थापाले भने ।

३६ महिनमा साढे १५ सयमाथि बलात्कार प्रयास
गएको ३६ महिनामा मुलुकभर एक हजार पाँच सय ५० महिला तथा बालिकामाथि बलात्कारको प्रयास भएको छ । अर्थात् मुलुकभर प्रत्येक दिन झन्डै दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको तथ्यांकले देखाउँछ । यो संख्या प्रत्येक वर्ष झन्डै १६ प्रतिशतले बढेको देखिन्छ । पीडित अधिकांश बालिका नै छ ।

प्रहरी प्रवक्ता डिआइजी नेउपानले भने, ‘घटना विश्लेषण गर्दा अधिकांश घटनामा बालिकामाथि बलात्कारको प्रयास भएको देखिन्छ । त्यसपछि किशोरी निसानामा पर्ने गरेको देखिन्छ । यो संख्या प्रत्येक वर्ष बढ्ने गरेको छ ।’

Loading...

Related News

अख्तियारका मुद्दा धेरै, फैसला कम : कुन कुन हुन् चर्चित काण्ड ?

काठमाडौं, २१  असार – सशस्त्र प्रहरीको सामान ढुवानीको क्रममा अनियमितताको दाबीसहित चार पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)माथि सजायको माग गर्दै विशेष अदालत…

निजि स्कुलको नाम नेपालीमा लेख्न कामनपाकाे निर्देशन, नगरे कार्वाही !

काठमाडौं , २० फागुन – काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का