यसरी गर्दैछ अब विश्व बैंकले नेपालमा लगानी

132 Hits

काठमाडौं,
विश्व बैंकले नेपालको लगानीसम्बन्धी ढाँचा बुधबार पारित गरेको छ । बैंकको मुख्यालय वासिंगटन डीसीमा भएको तीनदिने सम्मेलनमा विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकले नेपालमा हुने लगानीका क्षेत्रहरूसहितको ढाँचा तयार पारेको थियो ।

विश्व बैंकको नेपालस्थित कार्यालयका अनुसार नेपालमा हुने लगानी नयाँ ढाँचाअनुसार अब बैंकले नेपालको पूर्वाधार क्षेत्रमा रकम थप्नेछ । यसले मुलुकको आर्थिक एवं सामाजिक विकासमा सघाउने अपेक्षा गरिएको छ ।
राजधानी दैनिकमा शिव दवाडिले समाचार लेखेका छन् -विश्व बैंकका कार्यवाहक प्रमुख अर्थशास्त्री शान्ता देवराजनले नेपालले वित्तीय क्षेत्रमा गरेका सुधारको प्रशंसा गर्दै विश्व बैंकले आफ्ना असल अभ्यासहरू नेपालसँग आदानप्रदान गर्दै जाने बताए । अर्थमन्त्री डा। युवराज खतिवडासँग भेटघाट तथा छलफलसमेत त्यसै विषयमा केन्द्रित रहेर भएको छ ।
अर्थमन्त्री खतिवडाले नेपालले केही दशकअगाडि गरेका आर्थिक तथा वित्तीय प्रयासबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालनी गरेको जानकारी सम्मेलनमा दिएका थिए ।
नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा। अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

त्यसअघि विश्व बैंकसँग आगामी पाँच वर्षे लगानीको ढाँचा पारित गर्न अनुरोध गर्दै अर्थमन्त्री डा। खतिवडाले विश्व बैंकसँगको सहकार्यले नेपालको आर्थिक–सामाजिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
डा। खतिवडाले विश्व बैंकका दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरबीच पनि भेटवार्ता गरे । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अंगीकार गरेको संघीयता कार्यान्वयनका सन्दर्भमा राखेको जिज्ञासामा डा। खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करिब ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे । अर्थमन्त्री डा। खतिवडाले नेपालको पूर्वाधार विकासको क्षेत्रमा लगानी बढाउन दातृ निकायका प्रतिनिधिसँँग आग्रह गरेका थिए ।
मन्त्री डा। खतिवडाले संघीयताको व्यवस्थापन र विकासका लागि आन्तरिक साधन र स्रोत मात्र पर्याप्त नहुने भएकाले विश्व बैंकसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको बताए । सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको पनि उनको भनाइ छ ।

विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजस्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराए । उनले नेपालले आर्थिक विकासका लागि लिएको रणनीतिबारे जानकारी गराउँदै ‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको धारणा बैठकमा राखे ।
विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले छोटो समयमा राजनीतिक रूपमा हासिल गरेको परिवर्तन उत्साहजनक रहेको बताउँदै विश्व बैंक समूह एकीकृत रूपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको जानकारी दिए । उनले विश्व बैंकको अन्तर्राष्ट्रिय नियोगका अतिरिक्त क्षेत्रीय कोषबाट नेपालको ऊर्जा, यातायातलगायतका पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री खतिवडासँग विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरेर हालको ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने लगानीबारे प्रकाश पारेका थिए । सो अवसरमा डा। खतिवडाले नेपालको तत्काल चालू आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न अनुरोध गरे ।
अर्थमन्त्रीले ऊर्जा क्षेत्रमा कानुनी, संरचनागतलगायतका सुधार गरी लगानीमैत्री वातावरण सिर्जनाका लागि सरकार प्रतिबद्ध रहेको बताए । विश्व बैंकको सो टोलीले नेपालको ऊर्जा क्षेत्रको विकासमा बैंक समूहबाट गर्न सकिने सम्भावित सबै सहयोग उपलब्ध गराउन तत्पर रहेको र उपयुक्त अवसरको प्रतीक्षा गरेको बताउँदै क्षेत्रीय ऊर्जा विकासको सम्भावनाबारे चर्चा गरेका थिए ।

Loading...

Related News

पूँजी बजारका समस्या समाधान गर्न यस्ता आए सुझाव

काठमाडौं, पुस । मुद्रा तथा पूँजी बजारमा देखिएका समस्या पहिचान गरी सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । राष्ट्र…

आर्थिक पत्रकार समाजको अध्यक्षमा भट्टराई निर्वाचीत

काठमाडौं, २१ मंसिर । नेपाल आर्थिक पत्रकार संघ नाफिजको चौथो महासभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न महाभाले ले सीताराम…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी