प्रकाण्ड पक्राउको विरोधमा विप्लपद्वारा आन्दोलनको घोषणा

121 Hits

काठमाडौं, २३ साउन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना प्रवक्ता पक्रेको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । उसले पूर्वमन्त्रीसमेत रहेका पार्टीका स्थाथी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पक्रेपछि सरकारप्रति आक्रोसित बन्दका  कार्यक्रम सार्वजनिक गरेको हो ।

पार्टीले आफ्ना नेता पक्रेको केही घन्टाकै बीचमा एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले नेपाल बन्दसहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।  जारी विज्ञप्तिअनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भन्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा पार्टीले गरेको छ ।

उक्त विज्ञप्तिमा विप्लवले काठमाडौंको दक्षिणकालीबाट प्रकाण्डसहित ३ जनालाई प्रहरीले पक्रेको दाबी गरेका छन् ।विज्ञप्तिमा सरकारको उक्त कदमको भत्र्सना गर्दै आफ्ना नेता तथा कार्यकर्ता रिहा नगरे पार्टी फासीवादी दमनको विरोधमा शसक्त ढंगले उत्रिने चेतावनीसमेत दिइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी