प्रदेश नं. १ को नाम ‘किरात’ नै हो विवाद छैनः अध्यक्ष प्रचण्ड

47 Hits

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं १ को नाम ‘किरात प्रदेश’ नै रहने प्रष्ट पारेका छन् । उनले नेकपाका अर्का अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि किरात प्रदेश नामाकरणबारे आफूले सल्लाह गरेको र नाम किरात राख्ने विषयमा दुवैको सोंच मिलेको खुलासा गरे ।
किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको अवसरमा मंगलबार ललितपुरको मानभवनस्थित् क्रिस्टल पार्टी प्यालेसमा आयोजित ‘१ नम्बर प्रदेश किरात प्रदेश विषयक विचार गोष्ठिमा उनले सो कुरा बताएका हुन् ।
‘अहिले १ नम्बर प्रदेशको नाम किरात नै रहनुपर्दछ भन्ने कुरामा हामी गम्भीर रुपले पार्टी र सरकारमा छलफल गरिरहेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले केही दिनअगाडि किरातको कुरा गर्दा यदि हामीले जातीवादको कुरा ल्यायौ भने त्योभन्दा ठूलो भुल अरु हुनै सक्दैन भन्दै प्रधानमन्त्रीजी र म कुरा गर्दा किरातलाई एउटा इतिहास र सभ्यताको रुपमा, हाम्रो जीवनप्रणालीको रुपमा हामीले स्वीकार गर्दा त्यसको सन्देश देशभरि जान्छ, इतिहासभरि छरिन्छ र भविश्यमा पनि एउटा ठूलो सन्देश हुनेछ भन्दा प्रधानमन्त्रीजी र मेरो सोंच मिलेको मैले महसुश गरेको छु ।’
उनले प्रदेश नं १ को नाम किरात राख्ने विषयमा कसैले यदि त्यसलाई जातिवाद भन्छ भने त्यो भन्दा मुर्ख मानिस कोही नहुने जिकिर गरे ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी