कोलम्बियाको सत्तामा कान्छा राष्ट्रपति इवान

36 Hits

एजेन्सी ।कोलम्बियाको नयाँ राष्ट्रपतिका रुपमा इवान डुक्युले शपथ लिएका छन् । स्थानीय समय अनुसार इवानले मंगलबार शपथ लिएका हुन् । शपथ लिँदै उनले देशलाई एकताबद्ध गर्ने तथा आर्थिक वृद्धिलाई सुधार गर्ने बताएका छन् ।

तनावपूर्ण चुनावी अभियानकाबिच कन्जरभेटिव राजनीतिका नयाँ अनुहार इवानले गएको जुनमा भएको चुनावमा जित हाँसिल गरेका थिए । उनले वामपन्थी नेता गुस्ताभो पेत्रोलाई पराजित गरेका थिए ।

पूर्व वकिल रहेका इवानले शपथपछिको सम्बोधनमा देशमा व्याप्त रहेको भ्रष्टाचार अन्त्य गर्ने तथा खस्किँदो अवस्थामा रहेको अर्थतन्त्र सुधार गर्नमा आफ्नो ध्यान हुने बताए ।

निर्वतमान भएका राष्ट्रपति आन म्यानुएल सान्तोसले इवानलाई सन् २०१६ मा तत्कालीन फार्क बिद्रोहीसँग भएको शान्ती सम्झौताको सम्मान गर्न सुझाव दिए । सन् २०१६ मा भएको सम्झौताले कोलम्बियामा पाँच दशकदेखि जारी रहेको हिंसात्मक द्वन्द्व अन्त्य भएको थियो ।

अहिले फार्क बिद्रोही रिभोलुसनरी अल्टरनेटिभ कमन फोर्सको रुपमा संसदमा प्रतिनिधित्व गर्छ । यसले उसको मुलधारको राजनीतिमा प्रवेश पाएको छ । ४२ वर्षका इवानले शान्ती प्रक्रियाप्रति आफू प्रतिबद्ध रहेको बताए ।

तर फार्क पूर्व लडाकुले गरेको युद्ध अपराधको सम्बन्धमा उदार बनेको आरोप भने उनले लगाएका छन् ।

सेन्ट्रो डेमोक्र्याटिको पार्टीका उम्मेदवार इवानले वामपन्थी उम्मेदवार गुस्ताभोलाई जुनमा भएको चुनावमा १२ पोइन्टले हराएका थिए , उनले अन्तिम रन–अफ चुनावमा ५४ प्रतिशत मत ल्याएका थिए । इवान कोलम्बियाको इतिहासमा सबैभन्दा कम उमेरका निर्वाचित राष्ट्रपति हुन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी