आखिर किन भयो निशान खड्काको हत्या? फिरौती नै हो अपहरणको कारण?

28 Hits

काठमाडौं- बुबा वैदेशिक रोजगारीका लागि मलेसियामा। आमा सामान्य चियापसल सन्चालन गर्ने। ११ वर्षीय निशान खड्का एकमात्र छोरा। तिनै निशानलाई खाजापसलकै परिचित ग्राहकले अपहरण गरी फिरौती माग्दामाग्दै हत्या गरे।

निशानलाई अपहरण गरी हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा मारिएका छन्। काठमाडौं उपत्यकाभित्र घटेको यति ठूलो घटनाको तथ्यहरु यतिमै सीमित रहे। अभियुक्तहरु नै मारिएपछि अब यस घटनाको अनुसन्धान अगाडि नबढ्ने निश्चित छ।

योसँगै घटनाको वास्तविकता के थियो, ४० लाख तिर्ने हैसियत नै नभएको खड्का परिवारसँग त्यत्रो ‘डिमान्ड’ के आधारमा गरिएको थियो, के फिरौतीकै लागि बच्चा अपहरण गरिएको थियो वा नियत अर्कै थियो ? यी सबै रहस्यकै गर्भमा रहने छन्।

‘बालकको शव भेटेपछि अपहरणकारीलाई खोज्दै जाँदा पाइलट बाबा आश्रम जाने बाटोको जंगलमा उनिहरु लुकेको थाहा पायौं। त्यहाँ हामी पुग्दा आक्रमणको प्रयास भयो। त्यसपछि हामीबाट भएको जवाफी कारबाहीमा उनीहरु मारिए’, अप्रेसनको कमान्ड गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भन्छन्।

निशानकी आमा चमेलीका अनुसार साँझ गोपालले सहमतिमै निशानलाई बजार लिएर गएका थिए। राति ९ बजेतिर चमेलीलाई ४० लाख फिरौतीको माग गर्दै अज्ञात व्यक्तिले फोन गरेका थिए। चमेलीकै भनाई अनुसार उनलाई फिरौती माग्दा प्रहरीलाई फोन नगर्न चेतावनी दिईएको थियो भने फिरौतीबारे पुरा कुरा नगरी उताबाट मोबाइल स्विच अफ गरिएको थियो। गोप्य स्रोतका अनुसार राति ११ देखि १२ बजेबिचमा निशानलाई घाँटी थिचेर मारेर निर्माणाधीन घर नजिकैको खाल्डोमा हाली गोपाल नजिकै रहेको कोठामा सुत्न गएका थिए। अपहरणकारी भनिएका दुवै जनाको विगतमा आपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी बताउँछन्।

अनि विभिन्न सन्चार माध्यमले गोपाल बस्ने कोठाका आसपासका मानिसलाई उद्धृत गर्दै प्रहरीले गोपाल र अजयलाई कोठाबाटै लगेर इन्काउन्टर गरेको सामग्री सार्वजनिक गरिरहेका छन्। यदी त्यसो हो भने प्रहरी किन फेक इनकाउन्टरको निर्णयमा पुग्यो ? किन अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्ने र विस्तृत छानबिन गर्नुलाई उसले कम उचित ठान्यो? अचम्म त के छ भने साँझ आफूसँगै लिएर गएका निशानलाई राति मारेर गोपाल र अजय किन ‘भागेनन्?’

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी