त्याग्न सक्नुभएन धूम्रपान ? अब यसो गर्नुहोस्

76 Hits

डा.प्रकाशराज रेग्मी
मुटुरोग विशेषज्ञ///

धूम्रपान स्वाथ्यका लागि अत्यन्तै हानिकारक छ । यो कुरा सबैलाई अवगत पनि छ । तर, हानिकारक छ भन्ने थाहा भए पनि धूम्रपान गर्ने युवाको संख्या बढ्दो छ । कतिपय साथीभाइको लहैलहैमा परेर धूम्रपानको लतमा फसेका छन् भने कतिपय तनाव कम गर्ने बहानामा धूम्रपान गरिरहेका हुन्छन् । लत बसिसकेपछि कतिपयलाई छुटाउनै गाह्रो हुन्छ । त्यसो भए कसरी छाड्ने त धूम्रपान ? यी हुन् केही महत्वपूर्ण टिप्स :

धूम्रपान त्याग्न सबैभन्दा पहिले मानसिक रूपले तयार हुनुपर्छ । आत्मबल बढाउन सक्नुभयो भने मात्र धूम्रपानको लत छुटाउन सहज हुन्छ ।
धूम्रपान छाडेपछि मानसिक तथा शारीरिक स्फूर्तिका लागि दैनिक बिहान–बेलुका प्राणायाम र ध्यान गर्दा राम्रो हुन्छ । यसले तपाईंलाई व्यस्त पनि बनाउँछ ।

  • धूम्रपान त्याग्दै गरेको मानिसले धूम्रपान गर्ने मानिसबाट टाढै रहनुपर्छ ।
  • धूम्रपान छोडेको २४ देखि ४८ घन्टाभित्र अत्यधिक छटपटी र औडाहा हुन्छ । यस्तो वेला रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता समस्या हुन्छन् । यस्तो अवस्थामा अत्यधिक पानीको सेवन गर्न आवश्यक हुन्छ ।
  • धूम्रपान छाडेपछि निरन्तर पानी पिउने बानी विकास गर्नुपर्छ । छटपटी लाग्नेबित्तिकै पानी पिउनुपर्छ । साथमा रसदार फलफूल खाने बानीले फाइदा गर्छ । ल्वाङ, सुकमेल वा दालचिनी मुखमा राखेर खेलाइराख्दा पनि धूम्रपानको लत कम हुन्छ ।
  • धेरै प्रयास गर्दा पनि छटपटी घटेन, पागलजस्तै हुने स्थिति आयो भने कम निकोटिनयुक्त नाक वा मुखको स्प्रेजस्ता सामग्री प्रयोग गर्न सकिन्छ । तर, चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ ।
  • धूम्रपानबाट हुने हानि र यो छाडेपछि प्राप्त हुने फाइदाबारे बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ । पहिला धूम्रपान
    त्यागेपछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी