अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

24 Hits

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यससँग सम्बन्धित अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन्।

ईण्डोनेसियाको बालीमा  ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको बताएका हुन्। दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानतस्करी र बेचविखन बाधकको रुपमा देखा परेको उनको टिप्पणी थियो।

गृहमन्त्री थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशानिर्देश गर्ने आशा व्यक्त गरेका थिए। मंगलबार सम्पन्न हुने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् ।

 

 

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी