बस र ट्रक ठोक्किदा ४ जनाको मृत्यु

187 Hits

काठमाडौं, २३ साउन । – चितवनको टाँडीमा बस र ट्रक ठोक्किँदा चारजनाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० टाँडीमा काठमाडौँबाट काँकडभिट्टाका लागि छुटेको ना ६ ख १७४१ नम्बरको मकालु बस र पूर्वबाट पश्चिमका लागि छुटेको ना ५ ख ५९४१ नम्बरको ट्रक ठोक्किएका हुन् ।

बस र ट्रक मंगलबार राति ११ बजेतिर ठोक्किँदा ट्रकका चालक र सहचालक तथा बसका दुई यात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ज्यान गुमाउनेमा ट्रकका चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षे मोहन घिसिङ्ग र सहचालक सोही ठाउँका ३० वर्षे बुद्धिमान लामा रहेका छन् ।

यस्तै बसका यात्रु काठमाडौँको थानकोट–३ का ४८ वर्षे विष्णुप्रसाद थापा र ताप्लेजुङ्गको खुम्लिङ्ग नगरपालिका–१ की ४२ वर्षे तारा बरालको ज्यान गएको छ । घाइतेको भरतपुरमा रहेको पुरानो मेडिकल कजेल तथा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी