साँसद निरु पालको हराएको मोवाइल ७ घण्टासम्म उनकै कोठामा एक्टिभ !

58 Hits

काठमाडौँ, २३ साउन ।
प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ बजे तरकारी बजारमै कञ्चटमा पेस्तोल ताकिएको कुरा एक हप्ता पुग्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन ।

निरुले सुनाएअनुसार उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसपछाडि साउन १५ गते साँझ साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आए । दीपकराज जोशी संसदीइ सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल तोके । यदी उनी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भने । र, उनीसँग रहेको आइफोन लुटियो ।

यस्ता खबर पाउनासाथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल टेकुस्थित प्रहरी परिसरका हाकिमहरुसँग कराए, किन अहिलेसम्म केही पत्ता नलगाएको भनेर । प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन टोली बनाएको छ । तर, केही पत्ता लागेको छैन ।

प्रहरीले अनुसन्धान थाल्यो, लुटिएको भनिएको मोबाइलको लोकेशनबाट । उनले जुन समय आफ्नो अन्तिममा १४० नम्बर भएको मोबाइल लुटियो भनेकी छिन्, अनुसन्धानमा त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म आफ्नै कोठातिर चलेको देखिन्छ । नियमित नम्बरहरुमा फोन गएको छ, आएको पनि छ । तर, जब भोलिपल्ट यो कुरा उठाइन् र सर्वत्र जिज्ञासाको विषय बन्यो, यसपछि मोबाइल स्वीच अफ हुन्छ ।

प्रहरीले निरुलाई आशंका गरेको व्यक्ति कोही छन् कि भनेर सोध्दा केही नाम दिइन् । त्यसमध्ये केही व्यक्तिलाई प्रहरीले फेला पार्यो, सोध्यो, तर पुष्टि भएन ।

केही व्यक्तिले विदेश जाने चाहनामा आर्थिक कारोबार गरेको र पैसा फिर्ता माग्दा उल्टै हप्कीदप्की सुन्नुपरेको बताए । त्यस्ता व्यक्तिलाई पक्राउ गर्दा उल्टै निरुलाई अप्ठेरो पर्ने भएपछि प्रहरीले छाड्यो ।
निरुले दाबी गरेको घटनाका न प्रत्यक्षदर्शी निस्किएका छन् न त दोषी नै ।

त्यसो त निरु पालले झुठो बयान दिएको यो पहिलो घटना होइन । २०५६ सालमा उनी नेपाली काँग्रेसबाट तत्कालिन नेकपा एमालेमा प्रवेश गरेकी हुन् । कर्ण चन्द युवा संघको जिल्ला अध्यक्ष हुँदा उनले निरुलाई महिला विभागको सदस्य बनाएका थिए ।

तर, दुई वर्षअघि एक दैनिक पत्रिकारलाई २०५० सालमा दासढुंगा दुर्घटनामा निधन भएका मदन भण्डारीसँगको नक्कली संस्मरण सुनाइन् । यसबापत धेरै आलोचना भयो ।

युवा संघमा ४० वर्षको उमेर हद तोकिएपछि नागरिकता लुकाएर र जन्ममिति ढाँटेर अध्यक्ष भएकी थिइन्, आजको जनआस्था साप्ताहिकमा समाचार प्रकाशित छ ।

Related News

मलहोत्राको नाम जोडिएपछि अवरुद्ध भयो ३३ किलो सुन तस्करी काण्डको छानवीन

काठमाडौं, १० साउन । नेपालमा ३३ किलो सुन तस्करी काण्डले करिब २ महिना लगातार बजार पिट्यो । सबै दैनिक अखबार…

कसले फाल्यो होला नवजात शिशुलाई फोहोरको थुप्रोमा ?

गुल्मी, ८ माघ । मानिसहरु कतिसम्म निर्दयी हुन थाले भन्ने पछिल्लो उदाहरण गुल्मीमा देखिएको छ । आफैंले जन्म दिएको बच्चालाई…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी