टेकु ट्रान्सफर स्टेशन भरियोः सिसडोल ल्याण्डफिलमा समस्या

71 Hits

काठमाडौं, २३ साउन । – फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन भरिएपछि दुर्गन्ध फैलिन थालेको छ । दुर्गन्ध फैलिएका कारण स्थानीयवासीले मंगलबार उक्त स्टेसनमा फोहर खसाल्न अवरोध गरेका थिए । राजधानीबाट संकलित फोहोर उक्त स्टेशनमा राखी सिसडोल लैजाने गरिएको छ ।

अहिले सबै स्थानीय निकायको गल्ली, सडकमा फोहोर थुप्रिएको देखिन्छ । काठमाडौँ र ललितपुर महानगर नै फोहोर उठाउन असमर्थ बनेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

लगातार वर्षा परेर फोहोर व्यवस्थापन गर्न समस्या आएपछि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरी कुवरसहितको टोली मंगलबार नुवाकोटको सिसडोल पुगेको थियो । तर फोहोरकै पहिरो जाने खतरा देखिएकाले छिट्टै विकल्प खोजिनुपर्ने कामपाले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी