ओखलढुङ्गामा पहिरोले दुई घर पुर्यो

62 Hits

काठमाडौं, २३ साउन ।

साउन महिनाको पछिल्लो केही दिनको अविरल बर्षातका कारण पहिरो जादा ओखलढुङ्गामा दुईघर पहिरोले पुरेको छ । शोमवार राति पानी सगै आएको पहिरोले पात्लेका दाटी शेर्पा र ल्हमु शेर्पाको छर पहिरोले पुरिएको हो ।

पहिरोले मानवीय क्षति नभए पनि एक हल गोरु र एउटा कुकुर बगाएको मोलुङ गाँउपालिका ७, का वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । पहिरोले पुरिएको घर खिजीदेम्बा गाउँपालिका वडा नं. ९ र मोलुङ गाउँपालिका वडा नं. ७ को सीमानामा पर्दछ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेका छन् ।

गाउँमाथिबाट पहिरो खसेकाले त्यसै ठाउँका ५ घर समेत पहिरोका जोखिममा परेका छन् । पहिरो पीडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेका छन् । पिडितहरुलाई आवश्यक राहतका लागि तत्काल पहल थालिएको मोलुङ्ग गाउँपालिकाका वडा अध्यक्ष सुनुवारले बताउनुभयो ।

भूकम्पले जमिन छियाछिया बनाएको र यसैबर्ष विस्तार गरिएको सडकहरु नै पहिरोको कारण रहेको जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण विना जथाभावि सडक निर्माण गर्ने कार्यले जोखिम बढेको स्थानीयहरुको आरोप छ । लगातार वर्षा भइरहेकाले ओखलढुंगामा पहिरोको जोखिम बढेको छ ।-okhaldhunganews

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी