नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता नै हुनुहुन्छ- प्रचण्ड

59 Hits

वीरगञ्ज, साउन २२ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पार्टी प्रबक्ता नै भएकाे बताएका छन् । पदबाट दिएको राजीनामा बारेमा त्यो सञ्चारमाध्यममा आएको जस्तो नभएको बताउँदै  प्रचण्डले भने, ‘उहाँ कहाँ विच्किनु भएको छ र । कहाँ हिड्नु भा, कही हिड्नु भा छैन । त्यही हुनुहुन्छ, कही हिड्नु हुन्न् । उहाँ पार्टी प्रवक्ता हुनुहुन्छ ।’

मंगलबार विहान वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उक्त बताएका हुन् ।

तर भोलि बस्ने पार्टीको सचिवालय बैठकमा यसबारेमा छलफल हुने बताए । केही समय अघि प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विवाद हुँदा नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए । यधपि राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन् ।

उनले जनताले महशुश गर्ने गरि विकास निर्माणका कामले गति लिएपछि सर्वत्र राजनीतिक स्थिरताको महशुश हुने बताएका छन् । उनले भने, ‘देशमा राजनीतिक स्थिरता स्थापित भइ नै सक्यो । जनताले महसुस गर्ने गरि विकास निर्माणको कामले गति लिएपछि सर्वत्र राजनीतिक सिथरताको महसुस हुन्छ । हामी चाहीँ अहिले त्यही दिशामा काम गरिरहेका छ ।’

प्रधानन्यायाधीशमा न्याय परिषदले सिफारिस गरेका दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेका विषयमा प्रचण्डले भने, ‘मिडियामा के आयो भन्दा पनि संसदीय सुनुवाई समितिमा पर्ने उजुरी र समितिले गर्ने सुनुवाईमा नै सिफारिस गरिएको व्यक्तिका बारेमा साँसदहरु निर्णय गर्न स्वतन्त्र रहको छन् ।’

प्रचण्डका अनुसार संसदीय सर्वोच्चता स्थापित गर्ने उद्देश्यले संसदीय सुनुवाई विशेष समितिको व्यवस्था गरिएको हो । त्यसबारेमा सांसदले गर्ने छलफल र निर्णय भरपर्छ । यसबारेमा दुईवटा स्कूलिङ रहेको उनले बताए । एउटा स्कुल अफ थटअनुसार सिफारिस गरिएको व्यक्ति संसदीय सुनुवाई समितिले अनुमोदन गर्नु पर्ने भन्ने छ । र अर्का स्कुल अफ थटले चाहीँ संसदीय सर्वोच्चता स्थापित गर्नेका लागि सुनुवाई समिति छलफल गर्न स्वतन्त्रता पूर्ण निर्णय गनु पाउनु पर्छ भन्ने छ ।

संवैधानिक अंगमा नियुक्ती
नेकपाका अध्यक्ष प्रचण्डले रिक्त रहेका संवैधानिक अंगमा अव छिट्टै पदपूर्ति गरिने बताएका छन् । प्रचण्डले भने, ‘रिक्त रहेका संवैधानिक अगंमा पदपूर्ती गर्ने र नयाँ संविधानले व्यवस्था गरे बमोजिम नयाँ आयोग गठन गर्ने विषयमा सोमबार मेरो र प्रधानमन्त्रीबीच कुरा भएको छ अब छिट्टै यसले पूर्णता पाउँछ ।’

आगामी २५ गतेसम्म तल्लो तहबाट सुझाब मागेका छौं । २५ गतेदेखि भदौं ५ गतेभित्र देशभरका सबै पार्टी कमिटिहरु एक भइसक्छन् । पार्टी एकताको महान अभियानका क्रममा को खुशी वा बेखुसी भए भन्दा पनि ‘जनतालाई सुन्तष्टी पार्ने कुरा हो । आम पार्टी पक्तिलाई सन्तुष्टी पार्ने कुरा हो । एक दुई जनाको कुरा होइन ।’

नागरिकता
जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्छ । प्रधानमन्त्री, म र गृहमन्त्री बसेर प्रक्रिया अगाडि बढोनुस् भने प्रधानमन्त्रीले मेरै अगाडि निर्देशित गर्नु भएको छ । ‘नागरिकता समस्या समाधानका लागि प्रक्रिया अगाडि बढिसकेको छ । नागरिकता समस्या समाधान भइसकेको छ ।’, प्रचण्डले भने ।- एभरेष्ट दैनिकबाट

Related News

शहीद रामवृक्ष यादवलाई सम्झींदै नेकपा अध्यक्षले भने -‘शहीदहरुको सपना पुरा हुँदैछ’

धनुषा, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री के पी शर्मा ओलीले शहीदहरुको सपना…

सहिदको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको सरकारः प्रचण्ड (भिडियाे)

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी