पूर्वमन्त्री तामाङले भने-कि भ्रष्टाचारी सकियो, कि म सकिएँ

31 Hits

काठमाडौँ । कानुनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले कि भ्रष्टाचारी सकिने कि आफू सकिने समेत बताए ।

काठमाडौँमा पत्रकार सम्मेलन गरेर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूले मन्त्री पद सम्हाल्दा र अहिलेको सम्पत्तिमा खासै फरक नभएको पनि उल्लेख गरे । जम्मा १३० दिन मन्त्री भएका तामाङले तलबभत्ताबाट आएको रकमबाट केही ऋण तिरेको र अन्य खर्च भएकाले जम्मा हुन नपाएको दावी गरेका छन् ।

बैंकमा ४३ हजार ९ सय ६७ रुपयाँ १२ पैसा रहेको र श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी दिए । यसअघि मन्त्री हुँदा तामाङले १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग ४० लाख र अन्य बैंकसँग ३० लाख ऋण भएको सार्वजनिक गरेका थिए । त्यो यथावत रहेको उनले जानकारी दिए ।

सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, श्रीमती राईको नाममा मोरङमा ७ कित्ता जग्गा र खोटाङमा पनि केही जग्गा भएको जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद रहेका तामाङले भ्रष्टाचार नियन्त्रण आफ्नो एक मात्र लक्ष्य भएको बताएका छन् । पद भन्दा ठूलो मुद्दा भएको भन्दै उनले आफूले मन्त्री पद मात्र छाडेको तर, मुद्दा नछाडेको दाबी गरे ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी