देशभर वर्षा, ठूला नदीमा पानीको सतह बढ्यो,सतर्क रहन आग्रह

94 Hits

काठमाडौं । देशव्यापी रुपमा नै वर्षा भइरहेको छ । वर्षाका कारण होचो स्थान भएका क्षेत्रमा निर्माण भएका घर तथा आवास डुबानमा परेका छन् ।राजधानीको भक्तपुर आइतबार पुनः डुब्यो । वर्षाका कारण बाग्मती नदी किनारका बस्ती समेत डुबेका छन् ।बाग्मती नदी किनारको सुकुम्बासी बस्ती नराम्ररी प्रभावित भएको छ । यस्तै राजधानीका एक दर्जन बढी स्थानमा नदी पसेका छन् ।

केही दिनदेखिको अविरल वर्षाले देशका प्रमुख नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ । प्रमुख नदीमा पानीको सहत बढेपछि केही नदीमा आपतकालीन स्थिति देखिएको मौसम पूर्वानुमान महाशाखाको बाढी इकाईले जानकारी दिएको छ ।

विशेषगरी महाकाली, कोसी, कर्णाली, बबई, पश्चिम राप्ती, बाग्मती, कमला, कन्काईलगायत ठूला नदीमा पानीको मात्रा बढेको छ । यस्तै चुरे क्षेत्र भएर बहने साना तथा मझौला नदीमा समेत पानीको मात्रा बढेको छ । यस्तै पहाडी तथा खहरे क्षेत्रबाट बहने साना तथा मझौला नदीमा समेत पानीको बहाव बढेको छ ।

खहरे खोलामा पानीको सतह क्रमशः बढिहेको र त्यसले समस्या पार्ने भन्दै मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले एलर्ट गराइराखेको छ । पूर्वमा कोशी नदीमा तोकिएको मात्राभन्दा माथि बाढी पुग्न लागेको छ । कोशी ब्यारेजमा थप ढोका खोल्नुपर्ने अवस्था आएको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मध्य तथा सुदूरपश्चिम क्षेत्रमा अहिले भारी वर्षा भइरहेकाले बबई नदीमा पानीको सतह खतराको बिन्दूमा पुगेको छ । बबई नदीको जलाधार क्षेत्रमा व्यापक बर्षा भइरहेको छ । जसका कारण बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

पश्चिम राप्ती नदीको पानीको सतह पनि सतर्कता नजिक पुगेको छ । दाङ, बाँके, बर्दिया, कैलाली र कन्चरपुर जिल्लाको चुरे क्षेत्रबाट बगेर आउने बाणा, मछेली, मोहना, कान्त्रालगायत खोलामा ठूलो मात्रामा जलसतह बढेको छ । जसका कारण आकस्मिक बाढीको पूर्वानुमान गरिएको छ । बाढीको खतरा भएका नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क अवस्थामा रहन विभागले पटक–पटक एलर्ट गराएको छ ।

भीषण बर्षा हुने क्षेत्रमा सर्तकता अपनाउन गृह मन्त्रालयले आवश्यक परिपत्र गरेको छ । देशभरको पहाडी क्षेत्रमा मौसम बदली भइ वर्षा भइरहेको छ । जसका कारण बाढी आउने अत्याधिक सम्भावना बढेर गएको छ । राजधानीकै नदी किनारका बस्तीसमेत डुब्न थालेपछि उच्च सतर्कतका अपनाउन आग्रह गरिएको जानकारी दिँदै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राहत र उद्दारका लागि सबै निकायलाई तयारी हालतमा राखिएको र कुनै पनि समस्या हुन नदिने जानकारी दिए ।

उनले राहत तथा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस तथा अन्य सामािजक संघ संस्थालाई पनि तयारी हालतमा राखिएको जनाए । यस्तै तत्काल राहत तथा उद्दारका लागि विराटनगर, हेटौंडा, काठमाडौँ, पोखरा, सुर्खेत र नेपालगन्जमा हेलिकोप्टर तयारी हालतमा राखिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी