एनआएनएको ११ औं युरोप बैठक सम्पन्न, आगामी बैठक बेल्जीयममा गर्न प्रस्ताव

162 Hits

लक्जेम्बर्ग, साउन
गैर आवासिय नेपाली संघ युरोपको ११ औं बैठक भव्यताका साथ सम्पन्न भएको छ । युरोपको लक्जेम्वर्गमा जुलाई २८ देखि ३० सम्म सम्पन्न बैठकमा एनआएनएका केन्द्रीय पदाधिकारीहरु, एनसिसि सदस्यहरु र विभिन्न देशका प्रतिनिधिहरु तथा नेपालबाट समेत धेरै सहभागिहरुले भाग लिएका थिए ।


कार्यक्रममा सहभागिहरुले एनआएनएले विभिन्न्न देशमा रहेर सम्पन्न गरेका गतिविधिहरु र नेपालमा गरेका गतिविधिहरुको बारेमा रिपोर्टींग गरेका थिए ।
एनआएनए बेल्जीयमका अध्यक्ष लोक दाहालले आफूहरुले नेपाल नेपालीको पक्षमा गरेका सहयोग र विकासका गतिविधिहरु पावर प्वाइन्ट प्रिजेन्टेसन देखाउँदा हलमा तालीले समर्थन जनाएका थिए । उनले नेपालको भुकम्पपश्चातको पुननिर्माण, आगोले जलेर मरणासन्न अवस्थामा पुगेका राउटे बालकको उद्धार र उपचारमा गरिएको सहयोग, तराइमा शितलहरबाट पीडितलाई गरिएको सहयोग, बेल्जीयममा अध्ययनको सिलसिलामा आएका युवा सुजन देवकोटाको उपचार र स्वदेश फिर्तामा गरेको सहयोग तथा एन आएनएले वेल्जीयममा गरेका विभिन्न् अन्तरक्रिया तथा कार्यक्रम र नेपाल फेस्टीबलमार्फत विश्वमा नेपाल चिनाउने अभियान आदिलार्य आफ्नो प्रस्तुतिमा समेटेका थिए ।
उनले आगामी बैठक बेलजीयममा गर्नुपर्ने आधार प्रस्तुत गर्दै आफूहरुले फाइभ स्टार होटलमा नभई नमूना स्थानमा उक्त बैठक आयोजना गर्ने बताएका थिए ।
त्यसैगरी कार्यक्रममा युकेका प्रतिनिधिले पनि आगामी बैठक युकेमा गर्नको लागि प्रस्ताव गरेका थिए ।
बैठकले आगामी दिनमा एनआरएनए युरोपले गर्नुपर्ने दायीत्व तथा नेपालको विकास र समृद्धिमा पुर्याउन सक्ने योगदानसहितको घोषणा पत्र जारी गरेको थियो ।

11th European Regional Meeting & 9th European Regional Women Meeting

30 JULY 2018 LIVE VIDEO PART 1

Posted by Rajendra Rasaily on Monday, July 30, 2018

Loading...

Related News

जाजरकोटमा अस्पताल बनाउन बेल्जियममा च्यारिटी, १५ हजार युराे संकलन

बेल्जियम, ८ जुलाई – नेपाल र नेपालीको विकास र समृद्धिकाे पक्षमा निरन्तर लागिरहेको गैर अावासिय नेपाली संघ बेल्जियमले जाजरकोटमा अस्पताल…

एनअारएन बेल्जियमले शुरू गर्याे नयाँ सदस्यता वितरण

बेल्जियम, ८ जेठ – नेपालबाट विभिन्न पेशा व्यवसाय र उद्वेश्यले बेल्जियम रहेका गैर आबासीय नेपालीहरूलाई गैर अावासिय नेपाली संघ बेल्जियमले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का