दक्षिण कोरिया जाने कामदारको हवाई भाडा २३ प्रतिशत घट्यो

20 Hits

काठमाडौं–सरकारले दक्षिण कोरियामा जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत घटाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इपीएस प्रणालीमार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत अर्थात् १२ हजार ९ सय ८० रुपैयाँ घटाइएको जानकारी गराएको हो ।

विभागका निर्देशक कृष्णप्रसाद खनालले गत श्रावण २० गतेदेखि लागू हुने गरी सरकारले दक्षिण कोरियामा जाने कामदारको हवाई भाडा करिव १३ हजार रुपैयाँ घटाएको पनि स्पष्ट पारे । यस अघि दक्षिण कोरिया जाने नेपाली कामदारहरुले ५ सय ३० अमेरिकी डलर तिर्दै आएकोमा अव ४ सय ११ डलर मात्रै तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।

हाल वार्षिक ८ हजारको संख्यामा नेपाली कामदार दक्षिण कोरिया जाने गरेका छन । उनीहरुको हितमा हवाई भाडा दर २३ प्रतिशत घटाउने निर्णय गरिएको पनि विभागका निर्देशक खनालले बताए । सरकारले वैदेशिक रोजगारलाई सहज बनाउन आवश्यक निर्देशिका नै बनाएर काम अघि बढाएको छ । दक्षिण कोरिया नेपाली कामदारको आकर्षक गन्तव्यको रुपमा रहेको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी