पहिलो एक दिवसीय क्रिकेट खेलेर फर्कियो नेपाली टोली

59 Hits

काठमाडौँ – एक दिवसीय क्रिकेटमा पहिलो ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ ।केही महिनाअघि एक दिवसीय मान्यता पाएपछिको पहिलो एक दिवसीय शृङ्खला खेलेर नेपाली टोली स्वदेश फर्किएको हो । नेपालले नेदरल्याण्ड्ससँग दुई एक दिवसीय खेलको शृङ्खला खेलेको हो ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित निकाल्दै शृङ्खलामा बराबरी गरेको थियो ।नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट शृङ्खला खेल्नु अघि नेदरल्यान्ड्स र एमसिसीसँग इंग्ल्यान्डमा त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला खेलेको थियो ।

नेपाली टोलीका कप्तान पारस खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पहिलो एक दिवसीय क्रिकेट नेपालका लागि ऐतिहासिक बनेको बताए । उनले आउँदा दिनमा नेपालले धेरै खेल्न र गर्न बाँकी रहेको बताए ।तर अझै पनि खेलमा सुधार गर्न भने बाँकी रहेको बताए । उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी