उपचार गर्न हार्माेनियम बेचे जनयुद्धका घाइते कलाकारले

577 Hits

काठमाडाै‌, २१ साउन ।

नेपालमा चलेको १० वर्षिय जनयुद्धले देशमा धेरै परिवर्तन ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको कुरामा सायदै कसैको दुइमत रहला । जनयुद्ध नभएको भए न त आजसम्म गणतन्त्र संभव थियो न त पछि पारिएका वर्ग, लिङ्ग, जाति, क्षेत्रका समुदायको अधिकारको लागि आवाज नै उठ्ने थियो ।

जनयुद्धले धेरै पुराना रुढिवादी मान्यताहरुलाई भत्काउन सफल भयो । जनयुद्धले देशमा धेरै परिवर्तनलाई संभव बनाइदियो, त्यसैको नेतृत्व गरेर आएका धेरै नेताहरु सत्ताको नेतृत्व तहसम्म पुगे । त्यहि जनयुद्धमा सहभागि भएका केही कार्यकर्ताको भने अहिले पनि यति धेरै दर्दनाक अबस्था छ कि, उनीहरुको जीवनयापनको कठिनाई त छदैछ जनयुद्धमा भएको शारिरिक क्षति पछि त्यसको उपचार समेत उनीहरुको लागि संभब बनेको छैन ।
आफ्नो उर्जाशिल समय देशको परिवर्तनका लागि जनयुद्धमा व्यतित गरेका घाइते कलाकार बिहानी वि.क. र प्रगति हिङमाङको जोडि यतिबेला जीवनको निक्कै कष्टकर क्षणमा छन् । जनयुद्धका क्रममा २०५९ मा बम विष्फोटबाट घाइते भएकी आफ्नी जीवन संगिनी प्रगतिको उपचार गर्न बिहानीको आर्थिक अबस्थाले नभ्याएपछि केही वर्षयता उनी नेताहरु र राज्यका थुप्रै निकायको ढोकामा पुगे ।

सामना परिवारमा रहेर एउटा उर्जाशिल कलाकारको रुपमा आफ्नो मधुर स्वरमार्फत गाउँ गाउँमा जनता व्युझाउँदै हिँडेकी प्रगति २०५९ सालमा धनकुटाको लेउती खोलामा बम विष्फोटमा परेपछि उनले एउटा आँखा गुमाइन् भने अर्को आँखामा पनि निक्कै ठूलो असर परेको थियो ।

दायाँ आँखाको ज्योती गुमाएकी प्रगतिले बाँकी रहेको बायाँ आँखाका लागि पनि माइनस १६ पावरको चस्मा लगाउँछिन् । केही समयभित्र उनको आँखाको उपचार नभए उनको आँखाको ज्योति पूर्णरुपमा हराउनेछ । डाक्टरले उनको वायाँ आँखाको रेटिना नै फेर्नुपर्ने बताएका छन् ।

डाक्टरले पटक पटक अप्रेसनका लागि मिति तय गरेपनि बिहानीले अप्रेसनका लागि पर्याप्त पैसा जम्मा गर्न नसक्दा धेरै पटक डाक्टरले दिएको अप्रेसनको मिति टरिसकेको छ । उनको आँखाको उपचारको लागि ९ लाख नेपाली रुपैयाँको खाँचो पर्दछ । आजभोलि विहानीको समय जीवन संगिनी प्रगतिको उपचारका लागि भौतारिनुमै वितेको छ ।

धनकुटाकी प्रगति र कालीकोटका बिहानीको जोडि पनि यहि अभाब र पीडाले नै जुरेको हो । उनीहरु दुबै जना फरक फरक भुगोलमा जनयुद्धमा कलाकारको भुमिकामा थिए । उनीहरु एकले अर्कोलाई चिन्दैनथे । २०७१ सालमा एउटा गित रेकर्डिङका क्रममा उनीहरुबीच चिनजान भयो । त्यसको केही महिनापछि उनीहरुबीच फेरी भेट हुँदा प्रगतिले अब आफु कहाँ जाने कुनै टुङ्गो नरहेको बताएपछि बिहानी झस्किए ।

जनयुद्धमा गम्भिर घाइते भएकी प्रगतिलाई १० हजार रुपैयाँ दिएर पार्टीका मान्छेले उनलाई घर गएर बस्न सुझाएछन् । प्रगतिले यस्तो कुरा सुनाउँदै ‘अब घर त जान्नँ पुरै आँखाको ज्योति गुम्न लाग्यो अब पशुपतिमा गएर गित गाएर बस्छु होला’ भनेपछि विहानी निक्कै भक्कानिएछन् । जनयुद्धमा जीवन समर्पित एक सहकर्मी कलाकारको अबस्था देखेर उनी निक्कै भावुक भएछन् ।

उनको पनि आर्थिक अबस्था त नाजुक थियो तरपनि उनले सहकर्मीको नाताले प्रगतिलाई काठमाण्डौंको बालकुमारीमा डेरा खोजेर राखिदिए । उनको अबस्थाको बारेमा सम्बन्धित नेतृत्वलाई जानकारी पनि गराइदिए तर ६ महिना पछिसम्म पनि कसैले उनका समस्या सम्वोधन भएन । यो अबस्थामा उनलाई आफन्तको साहाराको खाँचो थियो । यस्तो जटिल अबस्थामा एक अर्काको लागि जीवनभर साथ दिने बाचासहित उनीहरु वैवाहिक सम्बन्धमा बाधिए ।

विहानी पनि युद्धका क्रममा घाइते भएका कलाकार हुन् । उनको घुडा मुनी अहिलेपनि गोलि छ । एउटा घाइते सहकर्मीको भावना अर्को घाइतेले महशुस गरे । उनीहरु जस्ता समस्यामा पनि आत्तिएनन् । उनीहरुको साथमा २ वर्षिय छोरा छ । कुनै भरपर्दो रोजगारी छैन ।

विहानीले केही समययता रेडियो नेपालमा हप्ताको एक पटक मेचिकाली भन्ने सांगितिक कार्यक्रम चलाउँछन् । त्यहाँबाट प्राप्त हुने रकमले उनको परिवार चल्न मुस्किल पर्छ तरपनि आफ्ना आवश्कतालाई बाँधेरै भएर पनि जेनतेन परिवार चलाएका छन् । यस्तो जटिल अबस्थामा केही समस्या पर्यो भने चाहीँ बिहानीमाथी बज्रपात नै हुन पुग्छ ।

केही महिना अघि प्रगतिले आफ्नो पछाडी रहेको कुकुरलाई नदेखि कुल्चिँदा कुकुरले टोकेछ, रेबिजको नियमित सुइ लगाउन पैसा नभएपछि एउटा कलाकारको लागी सबैभन्दा ठुलो पूँजी रहेको हार्मोनियम सम्म पनि उनले बेचेछन् ।
अत्यन्तै मेहेनती यो कलाकार जोडिले यत्ति अभाब र दबावमा पनि गित गाउने र संगित भर्ने कर्मलाई भने छाडेका छैनन् ।

हालसम्म यो जोडीले १ सय ४ गीतहरु गाइसकेका छन् । कहिलेकाहीँ महोत्सबहरुमा साथीभाइले सम्झिएका ठाउँमा उनीहरु जान्छन् र दर्शकका माग अनुसारका गित गाउँछन् । आफ्नो जीवन भोगाईका अनुभुतिहरुलाई संगालेर पनि उनीहरुले धेरै गित रेकर्ड गरेका छन् ।

युद्धका क्रममा घाइते भएकाहरुलाई राज्यले दिने सेवा सुविधा र उपचारमा यिनिहरुको पहुँच पुग्न सकेको छैन । स्वरका धनी यी कलाकारले देशका लागि लडे तर आज त्यहि युद्धले बनाएको घाउको उपचारका लागि लागि भएको उनीहरुको जिन्दगीको यस लडाईमा भने साथ दिने हातहरु कम छन् तरपनि हिम्मत नहारी आशामा बाँचेको यो जोडिको आशाको दियो ननिभोस् । शुभकामना ।

यो जोडीलाई र प्रगतिको आँखाको उपचारको लागि सहयोग गर्न चाहने महानुभावले बिहानी विकको वास्तविक नाम मानबहादुर विश्वकर्माको नाममा एनआइसि एशीया बैंकमा रहेको खाता नं ०३८७७४०३२९५२४००१ मा रकम पठाइदिन वा जम्मा गर्नको लागि बिहानीले आग्रह गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी