ब्राजिलियन फरवाडर जेससलाई सिटीको पाँच बर्षे नविकरण

64 Hits

एजेन्सी-म्यान्चेस्टर सिटीको इतिहाद स्टेडियममा १८ महिनामा आफुलाई सहि प्रमाणित गर्दै  ब्राजिलमा अन्तर्राष्ट्रिय फरवाडर गाब्रिएल जेससले आफ्नो भविष्य सुनुचित गरेका छन् ।

उनको १८ महिने प्रभावकारी प्रदर्शनका कारण म्यनसिटीले उनीसँग पाँच बर्षको सम्झौता लम्बाएको छ । उनी अब म्यानसिटीमा २०२३ सम्म रहने भएका छन् ।

यससँगै उनी प्रिमियर लिगका पाँच सिजन खेल्ने भएका छन् । उनी जनवरी २०१७ मा पाल्मेइरसबाट म्यानसिटी पुगेका थिए । उनले १८ महिना म्यानसिटीमा बिताउदै प्रिमियर लिगका दुई सिजनमा सहभागीता जनाउने मौका पाए ।

२०१६-१७ को सिजनमा प्रिमियर लिगका १० खेल मात्र खेलेका उनले २०१७-१८ को सिजनमा २९ खेल खेलेका थिए । उनले म्यानसिटीका सबैखाले प्रतियोगिताका ५३ खेलमा सहभागीता जनाउदै २४ गोल गरेका छन् ।

२१ बर्षीय जेससले क्लबको वेबसाईटमा लेखेका छन्, ‘स्वागतको लागी प्रशंसक र समर्थकलाई धेरै धेरै धन्यावाद दिन चाहन्छु र क्लबले मलाई राम्रो अवसर दिएका छन् ।’ उनले थपे, ‘म यो भन्न सक्छुकी म्यानसिटी आउनका लागि मैले मेरो जिवनको सबै भन्दा राम्रो निर्णय गरेको थिए । किनकी जब म यहाँ हुन्छु आफुलाई एक व्यवसाहिक फुटबरलको रुपमा सुधार गर्ने मौका पाउने छु ।’

जेससले ब्राजिल राष्ट्रिय टिमबाट २२ खेल खेल्दै १० गोल गरेका छन् । रुस विश्वकप २०१८ मा उनले पाँच खेल खेल्दा भने जाली चुम्न भने सकेनन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी