मेडिकल टुरिजम एक्स्पो २०१८ आयोजना हुने

46 Hits

काठमाण्डौं  । यहि साउन २१ र २२ गते मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स हुने भएको छ । आयोजक संस्था एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्शका अनुसार आगामी साउन २१ र २२ गते काठमाण्डौंको बबरमहल स्थित कार्की बैंक्वेटमा आयोजना हुने भएको हो ।

एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श का नेपालका लागि अध्यक्ष कृष्ण पाण्डेले नेपालमा मेडिकल टुरिजमको अत्यधिक सम्भावना भएको र यसको विकास गर्ने अवधारणा अनुरुप एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् ।

साउन २१ र २२ गते पुरा दिन एक्स्पो हुने जसमा नेपाल, भारत, बंगलादेश, थाईलेन्ड, सिंगापुर लगायत सार्क देशहरुका अस्पताल तथा डाक्टरहरुको उपस्थिती हुनेछ भने २२ गते सोहि स्थानमा विहान १० बजे देखि बेलुकि ८ बजेसम्म कन्फरेन्स हुनेछ जसमा मेडिकल टुरिजम विकास तथा प्रर्बद्धनको लागि अनुभवि डाक्टर, स्वास्थ्य व्यवसायी, स्वास्थ्यसँग आबद्ध व्यक्तिहरुले आ–आफ्नो भनाई, सुझाव तथा अनुभव आदान प्रदान हुने छ ।

यस एक्स्पोले नेपाली अस्पतालहरुलाई प्रोमोट गर्ने, विदेशी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी बिदेशी बिरामीहरुलाई नेपालमा उपचारको लागि प्रोत्साहन गरी नेपालमा बिदेशी पर्यटकहरुलाई भित्राउने लक्ष्य लिएको छ ।

बिदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा बातावरण अनुकुल भएकोले बिदेशी पर्यटकहरुलाई आकर्षण गर्न सजिलो हुने कुरा पाण्डेले बताएका छन् । यस एक्स्पोमा स्वदेशी तथा विदेशी अस्पतालका प्रतिनिधी बिच बिटुबि मिटिङ साथमा बिदेशी डेलिगेट लाई नेपालका अस्पतालको भ्रमण, कार्य दक्षताको प्रदर्शन गरिने छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी