गोक्यो हिमतालमा ३ जना विद्यार्थी बेपत्ता

68 Hits

 

सोलुखुम्बु । शैक्षिक भ्रमणमा हिडेका खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी गोक्यो हिमतालमा बेपत्ता भएका छन् । शैक्षिक भ्रमणका लागि खुम्बुपासाङल्हामु गाउँपालिकामा रहेको गोक्यो हिमतालमा पुगेका कक्षा ९ का ३ जना विद्यार्थी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा छन् । शुक्रबारदेखि अध्ययन भ्रमणमा गएको कक्षा ९ को टोली शनिबार विहान हिमतालमा नुहाउने क्रममा बेपत्ता भएको सोलुखुम्बुका प्रहरी प्रमुख रेशमबहादुर पराजुलीले बताए । भ्रमण टोलीमा ३३ जना विद्यार्थी संलग्न थिए ।
“हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, “कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो ।”  “खुम्जुङ प्रहरी चौकीबाट करीब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकप्टरमार्फत केही स्थानीय सहितको प्रहरी टोली त गयो तर थप टोली पठाउन हेलिकप्टर भए पनि प्रतिकूल मौसमका कारण अवतरण हुन सकेन ।” उनले भने, “आज थप टोली गएको छ, उद्धार गर्न सकिन्छ कि भन्ने आशा छ ।”नेपाली सेनाको टोली परिचालन 

डुबेका विद्यार्थीहरुको उद्धारका लागि आज बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले जनाकारी दिए । प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ प्रस्थान गरेको हो ।

गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका थिए । खुम्बु क्षेत्रमा शेर्पा समुदायको फाङ्गी पर्वका अवसरमा विद्यालय बन्द भएका बेला विद्यालयको अनुमतिबिना नै ती विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए ।खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले विद्यालय परिवारलाई उद्धृत गर्दै भने, “विद्यार्थीले भ्रमणका लागि औपचारिक अनुरोध गर्दा विद्यालयले अस्वीकार गरेको तर पछि विद्यार्थी आफैँ भ्रमणमा गएछन् ।”
–sagarmatha

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी