जोशी बिदामा बसे, कामु प्रधानन्यायाधीशको जिम्मा मिश्रलाई

150 Hits

काठमाडाैं- संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका कामु प्रधानन्यायाधीश दीपकराज जोशी विदामा बसेका छन् । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जोशीले आफू  बिदामा बस्न लागेको जानकारी गराएका हुन् ।

जोशी विदामा बसेसंगै कामु प्रधानन्यायाधीशको जिम्मेवारी उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्र पाउने भएका छन् । मिश्रले कामु प्रधानन्यायाधीशका हैसियतमा  पेसी तोक्ने भएका छन् । संवैधानिक परिषद्ले सम्भवत : उनलाई नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ । सर्वोच्चका सबैभन्दा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी