नेदरल्याण्डलाई हराउँदै एक दिवसिय क्रिकेटमा नेपाल विजयी, देशभर खुसीयाली

101 Hits

काठमाडौं, १९ साउन ।
अन्ततः नेपाल पहिलोपटक एक दिवसिय क्रिकेटमा विजयी बनेको छ । नेदरल्याण्डस्सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको हो।

नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो।

उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिएका थिए।

यस्तै कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १(१ विकेट लिएका थिए।

अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले मात्र ४ रन दिएर एक विकेट लिएपछि नेपालको रोमाञ्चक जित सम्भव भएको हो।
पारसले अन्तिम ओभरको अन्तिम बलमा फ्रेड क्लासेनलाई रनआउट गर्दै ऐतिहासिक जित दिलाएका हुन्।
नेपाली टोलीले नेदरल्या०डमा जित हासिल गरेसँगै नेपालमा भने देशभर खुसीयाली छाएको छ ।

Loading...

Related News

१८ वर्षमै सन्दीपले पाएको यो सफलता : पाकिस्तान सुपर लिगमा छनौट, ५० हजार डलर मूल्य

काठमाडौं, ५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १८ वर्षको उमेरै सबैभन्दा महंगो नेपाली खेलाडि बन्न…

एक दिवसीय मान्यता प्राप्त क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीको भव्य स्वागत

काठमाडौं, ६ चैत/ अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । जिम्बाब्वेमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी