जिम्बावेको राष्ट्रपतिमा मांगाग्वा निर्वाचित, विपक्षीद्वारा नतिजा अस्वीकार !

61 Hits

एजेन्सी।
दक्षिण अफ्रिकी देश जिम्बाबेको नयाँ राष्ट्रपतिमा इमर्सन मांगाग्वा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा जिम्बाबेको निर्वाचन आयोगले जानु पिएफ पार्टीका उम्मेदवार मांगाग्वालाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हो ।

मांगाग्वा हाल ७५ वर्षका छन् । उनले कूल ५०.८ प्रतिशत मत ल्याएर विजयी भएको बताइएको छ । उनका प्रतिस्पर्धी मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज एलाइन्स पार्टीका उम्मेदवार नेल्सन चामिसाले ४४.३ प्रतिशत मत पाए ।

अब नवनिर्वाचित राष्ट्रपति मांगाग्वाले नयाँ सुरूआत गर्ने बताएका छन् । उनले निर्वाचिनअघि आफूले घोषणा गरेका कार्यक्रम सबै लागू गर्ने पनि बताएका छन् ।यता, एमडिसीले भने चुनावी नतिजा अस्वीकार गरेको छ । उसले मतगणनामा धाँधली भएको भन्दै नतिजा अस्वीकार हो ।

मतदान शान्तिपूर्ण भए पनि मतगणनाक्रममा त्यहाँ अहिले हिंसा भड्किएको छ । चुनाव हारेपछि एमडिसीएका कार्यकर्ताले मतगणनामा धाँधली भएको भन्दै मुख्य सहरहरूपमा प्रदर्शन जारी राखेका छन् । झडपमा परी अहिलेसम्म ६ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । सन् १९८० मा ब्रिट्रिस उपनिवेशबाट स्वतन्त्र भएको जिम्बाबेमा पहिलोपटक पूर्वराष्ट्रपति रोबर्ट मुगावेबिना चुनाव भएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी