जोशीको विषयमा आजै निर्णय लिने तयारी : बहुमतबाट भएपनि अस्वीकृत गरिने

20 Hits

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक शुक्रबार बस्दै छ । ८ दिनअघि सुनवाइ गरेपनि जोशीको विषयमा निर्णय गर्न नसकेको समितिले आज भने निर्णय लिने तयारी गरेको छ ।

सत्तापक्ष र विपक्षीदलबीच सहमती हुन नसक्दा समितिले निर्णय लिन सकेको  छैन् । सत्तापक्ष दल नेकपा जोशीलाई रोक्ने तयारीमा छ भने विपक्षी कांग्रेस उनको नाम अनुमोदन गर्नु पर्ने लाइनमा छ ।

दुईबीचको विवादका कारण समितिको बैठक पटक पटक स्थगित हुँदै आएको छ । जोशीको शैक्षिक प्रमाणपत्र र फैसलाहरु विवादीत भएको भन्दै सत्तापक्ष दलले उनको नाम अस्विृत गर्नुपर्ने अडान लिएको छ ।

आजको बैठकबाट भने निर्णय लिइ छाड्ने सत्तापक्ष दलका सदस्यहरुको तयारी छ । सकेसम्म सर्वसहमतीबाट नभए बहुमतबाट भएपनि जोशीको बारेमा निर्णय लिने सत्तापक्षीय दल नेकपाका एक सदस्यले जानकारी दिए । ‘कांग्रेसले बहुमतलाई बन्धन बनाउन खोजेको छ । आज कांग्रेसले सहमति नदिए पनि निर्णय हुनसक्छ ।’ ती सदस्यले भने ।

समितिबाट जोशीको नाम अस्विकृत गर्न दुई तिहाइ मत आवाश्यक पर्छ । सत्तापक्ष दल नेकपा र फोरमको मत जोड्दा दुई तिहाई सजिलै पुग्ने देखिन्छ । समितिमा सत्तापक्ष दल नेकपाका ९ र फोरमका १ सदस्य छन् भने विपक्षी दल कांग्रेसका ४ र राजपाका १ सदस्य छन् ।

जेठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा समेत रहेका जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । उनको सुनुवाई सम्पन्न भएपनि प्रमाणपत्रलगायतका विवादमा मुछिएसंगै दलहरु विभाजित भएपछि उनको मुद्दा पेचिलो बनेको छ । -nepalsamay

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी