खानेपानी मन्त्री र आपूर्ति मन्त्रीबीच छलफल, बेलौरी नाका खोल्न भारतसँग औपचारिक प्रस्ताव लगिने

96 Hits

काठमाडौं । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा रहेको बेलौरी छोटी नाका भन्सार स्तरोन्नती गर्न भारततर्फ कष्टम पोष्ट स्थापनाका लागि नेपाल सरकारका तर्फबाट औपचारिक प्रस्ताव लगिने भएको छ । कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा खानेपानी मन्त्री बीना मगर र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवबीच आज भएको भेटमा भारततर्फ कष्टम पोष्ट स्थापनाका लागि औपचारिक प्रस्ताव लैजाने विषयमा छलफल भएको हो ।

छोटी भन्सार नाका सुचारु नहुँदा कन्चनपुरको दक्षिण क्षेत्र र अन्य जिल्लाका वासिन्दा र उद्यमीहरुले ठूलो समस्या झेल्नुपरेको बताउनु हुँदै मन्त्री बिना  मगरले सीमावर्ती भारतीय जिल्ला लखिमपुरका सांसदहरुले समेत यो विषयमा पहल गरेपनि भारतीय पक्षबाट वाणिज्य मन्त्रालयको सहमति खोजिएको जानकारी गराउनु भएको थियो ।

विगतदेखि नै उक्त नाका खोल्न बारम्बार पहल गरिएपनि हालसम्म नाका खुल्न सकेको छैन । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला समेत उक्त एजेण्डालाई छलफलमा राख्न मन्त्री मगरले पहल गर्नुभएको थियो । “आजको छलफल निकै सकारात्मक भयो ।” मन्त्री मगरले भन्नुभयो, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालयका पदाधिकारी सम्मिलित टोली भारत जाने भएकोले यो एजेण्डा औपचारिकरुपमा नै टेबल हुन्छ । नाका तत्काल खुल्नेमा विश्वस्त छौं ।” बेलौरी नाका सुचारु गर्न नेपालका तर्फबाट कुनै समस्या नभएपनि भारतीय पक्षले चेकपोष्ट हटाएका कारण हाल ठप्प अवस्थामा रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी