जब सम्बन्ध चिसिन थाल्छ……

105 Hits

काठमाडौँ। श्रीमान-श्रीमती वा प्रेमी-प्रेमिकाबीच सहमतिमा खिचिएका गोप्य तस्बिर र भिडियोलाई ‘बार्गेनिङ’ या धम्क्याउने माध्यम बनाइने गरिएका घटना प्राय बाहिर आईरहन्छन । सम्बन्ध राम्रो हुन्जेल समस्या आउँदैन। जब सम्बन्ध चिसिन थाल्छ, सहमतिमा खिचिएका तिनै तस्बिर र भिडियो धम्क्याउने या स्वार्थ पुरा गर्ने माध्यम बन्छन्।
पछिल्लो समय यस्ता घटना धेरै संख्यामा प्रहरी समक्ष आउने गरेका छन् । कति घटना त सामाजिक,पारिबारिक डर,लाज,या अरु कुनै कारणले बाहिर सम्म आउन नसक्दा आत्महत्या गर्ने सम्मको बाध्यतामा पुग्ने गरेका छन्।

नचिनेको व्यक्तिसँग सामाजिक सञ्जाल या फोनमा साथी बन्ने, पैसा माग्ने र अश्लील क्रियाकलापका लागि बाध्य बनाउने प्रवृत्ति अत्यधिक देखिएको छ। फेसबुक र म्यासेन्जरमा लिंक पठाएर धम्क्याउँदै पासवर्ड लिने अनि एकाउन्टको दुरुपयोग गर्ने धम्की दिने प्रवृत्ति पनि देखिएको छ। यस्ता अपराधको उद्देश्य प्रतिशोध, आर्थिक प्रलोभन,यौन, तथा अर्काको आत्मसम्मानमा ठेस पुर्‍याउने बढी देखिएको प्रहरीको भनाई छ ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत् राजनीतिक तथा ख्यातिप्राप्त व्यक्तिहरूलाई गाली,बेइज्जतीका घटना बढेका छन्। प्रहरीले त्यस्तो प्रवृत्तिमाथि अंकुश लगाउन कारवाही नथालेको होइन। तर, घट्नु साटो बढ्दो क्रममा छ।

नेपाल प्रहरीको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले साइबर अपराधका उजुरी बुझ्ने र अनुसन्धान गर्दै आएका छन्। ०७१ सालमा साइबर क्राइम हेर्ने अलग्गै पिलर स्थापना गरी कारवाही अगाडि बढाउँदा पनि अपराध घट्नु साटो बढ्दो क्रममा देखिन्छ। जस्तो- ०७१ सालमा उक्त अपराधका तीन सय पाँच वटा मुद्दा चलाइएको थियो। ०७२/७३ मा १७२.१३ प्रतिशतले बढेर आठ सय ३० वटा मुद्दा दर्ता भए। ०७३/७४ मा २४.२२ प्रतिशत बढेर ११ सय ९७ र ०७४/७५ मा ८२.२८ प्रतिशतले बढेर १५ सय ७२ साइबर क्राइमका मुद्दा चलाइएको महाशाखाको तथ्यांकले देखाउँछ।

यस्ता अपराधका घटना छानविनका लागि जनशक्ति र प्रविधिको अभाव चुनौतीपूर्ण रहेको प्रहरीले बताउँदै आएको छ। सामाजिक सञ्जालहरूको कार्यालय नेपालमा नभएका कारण समन्वय गर्न कठिनाइ बेहोर्नुपरेको प्रहरीको भनाई छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी