कक्षा १२ का सबै समूहको नतिजा प्रकाशित-कसरी हेर्ने रिजल्ट ?

93 Hits

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । यो पटक कक्षा १२ का सबै समूहको परीक्षाफल एकै पटक सार्वजनिक गर्न बोर्ड सफल भएको छ ।

गत वैशाखमा भएको परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकोमा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।

त्यत्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन्। त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।

रिजल्ट थाहा पाउन वेभसाइट http://neb.ntc.net.np, edusanjal.,साथै नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताहरुले results (Space) Symbol number टाइप गरी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सक्नेछन्। विद्यार्थीले कुनै एक विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिका लागि परीक्षा दिन सक्ने पनि परीक्ष वोर्डले जनाएको छ। परीक्षा भदौ १६ गते हुनेछ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी