ओखलढुंगाका जनप्रतिनिधिको वर्ष दिनः सिक्दैमा वित्यो समय

58 Hits

ओखलढुंगा।दोश्रो चरणमा स्थानीय तहको निर्वाचन भएका ओखलढुंगाका जनप्रतिनिधिहरु निर्वा्चित भई पदभार ग्रहण गरेको १ वर्ष पुगेको छ । स्थानीय तहमा जनप्रतिनिधि चयनसँगै आम नागरिकका कयौँ अपेक्षाहरु पूरा हुने विश्वास गरिएको भए पनि वितेको एक वर्ष जनप्रतिनिधिको सिक्दैमा बितेको हो ।

सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेपछि तत्कालीन स्थानीय निकायका जनप्रतिनिधिहरुले काम गर्न छोडेको झण्डै २ दशक जनप्रतिनिधिविहीनता स्थानीय तहको निर्वाचनको मतपरिणाम र घोषणाले एक वर्षअघि पूरा गरेको छ ।

बर्षदिन पुग्दा जनप्रतिनिधिहरुका काम जनताका अपेक्षा पूरा गर्ने प्रकारका देखिएका छैनन । वडाध्यक्षहरु जनताको काम गर्न निक्कै खटेका पाइन्छन् । जिल्लाका ७५ जना वडाध्यक्षले नियमित काम कारबाही अघि बढाइरहेका छन् । तर कतिपय कामहरु आफुले नजान्दा दुई या तिन पटक सम्म गर्नु परेको लिखु गाउँपालीका ६ का वडा अध्यक्ष टिकाराम मगरले वताउनु भयो ।

आफुहरुले जनताको सेवा हुने सिर्जनात्मक काम गर्ने सोच बनाएको भए पनि संघियताको अभ्यास भएकाले कतिपय कुराहरु आँफुले सिक्दै गरेको खिजीदेम्वा गाउँपालीका अध्यक्ष बेदबहादुर रोकाले बताउनु भयो । संघीय मामिला मन्त्रालयले पठाएको नमूना कानून र कार्य्िवधिका आधारमा केही स्थानीय तहमा कर्मचारीहरुले यस्ता कार्य हुन नसक्ने वताएर जनप्रतिनिधिका योजनाहरु तुहिएका सम्ेत देखीएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी