सुत्केरी बिदा सकेर काममा फर्किइन् न्युजिल्याण्डकी प्रधानमन्त्री

45 Hits

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेर्न सुत्केरी बिदा सकेर काममा फर्किएकी छन् । प्रधानमन्त्री ज्यासिन्डा ६ हप्ता सुत्केरी बिदा बसेकी हुन् । ३८ वर्षकी ज्यासिन्डाले गएको जुन २१ (असार ७ गते) पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् ।

उनी सत्ताको नेतृत्व गरिरहेका बेला सन्तान जन्माउने विश्वको दोस्रो व्यक्ति हुन् । उनीभन्दा पहिले २८ वर्षअघि पाकिस्तानको प्रधानमन्त्री रहेका बेला बेनजीर भुट्टोले सन्तान जन्माएकी थिइन् ।

ज्यासिन्डाले बिदामा रहेका बेला पनि मन्त्रीपरिषदका कागजात अध्ययन गर्ने तथा महत्वपूर्ण विषयमा सल्लाह दिने गरेकी थिइन् । गएको अक्टोबरमा प्रधानमन्त्रीमा निर्वाचित भएकी ज्यासिन्डाले आफू गर्भवति रहेको कुरा गएको जनवरीमा बताएकी थिइन् ।

उनी सन् १८५६ पछि कम उमेरमा प्रधानमन्त्री बन्ने न्युजिल्याण्डको पहिलो व्यक्ति हुन् । ज्यासिन्डा लेबर पार्टी गएको सेप्टेम्बरमा भएको चुनावमा दोस्रो पार्टी भएको थियो । कुनै पनि पार्टीले बहुमत नल्याएकाले ज्यासिन्डा गठबन्धन बनाएर प्रधानमन्त्री बनेकी हुन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी