सवारीसाधनको मूल्यमा उल्लेख्य वृद्धि, कति भयो मुल्य वृद्धि ?

45 Hits

काठमाडौं, १७ साउन/

सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ ।

दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ ।

बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्दुसम्म अन्तःशुल्क बढाइएको थियो ।

बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरिएको हो ।

सवारीसाधनको मूल्य बढ्नुमा यो बर्षको बजेटमार्फत गरिएको अन्तःशुलक र सडक मर्मत दस्तुर वृद्धि हुनु भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुनील रिजालको भनाइ छ । – कारोबारमा खबर छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी