करेन्ट लागेर जोत्दा जोत्दैका गोरु मरे, विद्युत प्राधिकरणको चरम लापरवाही

88 Hits

लमजुंग, १६ साउन ।
लमजुंग जिल्ल्लाको वेसिशहर नगरपालिका ९ बिम्दा बेसिमा करेन्ट लागेर खेत जोत्दै गरेको हल गोरूको मृत्युु भएको छ । खेतमा जोतिरहेका शंकर विक घाईते भएका छन् । उनलाई उपचारको लागि जिल्ला सामुदायीक अस्पतालबाट काठमाडौ रिफर गरिएको पशु अधिकृत खीला घिमिरेले बताए ।


घिमिरेका अनुसार रोपाई मा लगेको १ हल गोरु घटनास्थलमै मरेका थिए भने हलिको रुपमा रहेका विक गम्भीर घाइते भएका थिए । पोलमा सपोट गरेको तार जुवामा अडकिदा करेन्ट आएको र घटना भएको बताइएको छ ।
तार नयाँ पोलमा रहेको भएतापनि पुरानो पोल नहटाएकोले पुरानो पोल ढलेर नयाँ पोलमा रहेको तारमार्फत करेन्ट सपोर्ट टारमा प्रवाह भएको हुन सक्ने प्रारम्भीक विश्लेषण रहेको छ । नया पोल गाडेको ४र५ महिना भएको थियो ।
त्यसैगरी लमजुंगमा उच्च भोल्टेज युक्त प्रसारण लाइनहरुको कारण पनि विभिन्न समयमा दुर्घटनाहरु भइरहेका छन् । विद्युत प्राधिकरणको चरम लापरवाहीले यस्ता घटना भएको भन्दै स्थानिय उपभोक्ताहरु आक्रोसित भएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी