खिजीदेम्वा गाउँपालीकाले खेलमैदान निर्माण गर्दै

122 Hits

ओखलढुंगा। ओखलढुंगाको खिजी देम्वा गाउँपालीकामा गाउँपालीकाकौ अगुवाईमा खेल मैदान निर्माण सुरु भएको छ । गाउँपालीकाले वडा नं ३ र ५ को सिमानामा पर्ने बोजेटारमा खेल मैदान निर्माण सुरु भएको हो । युवाहरुको खेलक्षेत्रमा भएको लगनशिलतालाई मध्य नजर गर्दै गाउँपालीकाले जिल्ला मै नमुना खेल मैदान निर्माण सुरु गर्न थालेको हो ।

चालु आर्थीक वर्ष ०७४÷०७५ मा ९ लाख ५० हजार वजेट विनीयोजन गरेर सुरु गरेको खेल मैदानको १३० मिटर लम्वाई तथा ७० मिटर चौडाई रहेको गाउँपालीका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिनु भयो । एक वर्षको वजेटबाट खेल मैदान निर्माण सुरु गरीएको भए पनि खेल मैदान पुर्ण रुपमा सम्पन्न गर्न केही वर्ष लाग्ने भएको हुँदा खेल मैदानको निमाण्का लागी क्रमागत रुपमा नियमित वजेट विनीयाृजन गर्ने रोकाको भनाई छ ।

यो वर्ष खेल खेल्नका लागी खेल मैदान तयार भए पनि निर्माणधिन भएकाले पुर्णि रुपमा तयार हुन भने केही समय लाग्ने गाउँपालीकाले जनाएको छ । ओखलढुंगामा जिल्लाको बिकट भनेर चिनीने गाउँपालीकामा खेल मैदान निर्माण सुरु भए पछि त्यहाँका खेल प्रेमी युवाहरु भने खुसी भएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी