वडा कार्यालयलाई पचास लाखको जग्गा दान

23 Hits

साउन १५,दमक,/
झापामा एक दाताले रु ५० लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् । जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गर्नुभएको हो ।

जोशीले उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गर्नुभएको छ । मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागिसमेत निःशुल्क जग्गा दिने जोशीसँग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलले जानकारी दिनुभयो । उहाँले आगामी मंसिरदेखि भवन निर्माण थाल्ने बताउनुभयो ।

गौरादह नगरपालिकाको वडा नं १, ५, ६, ७ र ९ को आफ्नै भवन छ । वडा नं २, ३, ४ र ८ को वडा कार्यालयको कामकाज भने हाल भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी