फ्री भिसा र फ्री टिकटको ठाउँमा ‘इम्प्लोयर्स पे मोडल’ ? के फरक छ ?

108 Hits

काठमाडौं । वैदेशिक रोजगारका सम्बन्धमा सुझाव दिन बनेको कार्यदलले फ्री भिसा र फ्री टिकटको ठाउँमा ‘इम्प्लोयर्स पे मोडल’ उपयुक्त हुने सुझाएको छ ।कार्यदलले विदेशिने कामदारलाई ठगिनबाट जोगाउन यो मोडल उपयुक्त हुने बताएको हो । आर्थिक भारलाई ‘शून्य’ मा झार्न र कामदारलाई सजिलो बनाउनका नयाँ सुझाव दिएको छ ।

कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाउँदै सो यस्तो सुझाव दिएको हो । ‘इम्प्लोयर्स पे मोडल’ भनेको फ्रि भिसा फ्रि टिकट भन्दा उपयुक्त र सजिलो हुने पनि कार्यदलले प्रतिवेदनमा जनाएको छ । प्रस्तावित नयाँ मोडलमा वैदेशिक रोजगारमा जाने कामदारका लागि रोजगारदाताले आफैं खर्च बेहोरर्ने व्यवस्था हुन्छ ।कामदार र रोजगारदाताबीचको सम्झौता पनि सरकारको सहभागितामा हुने भएकाले यो व्यवस्था भरपर्दो र सुरक्षित हुने कार्यदलको सुझाव छ ।

रोजगारदाताले आफूलाई आवश्यक परेको कामदार माग गर्दा रिक्रुटमेन्ट एजेन्सीलाई शुल्क प्रदान गर्ने र कामदारबाट एक रुपैयाँ पनि उठाउन नपाउने गरी अन्तर्रा्ष्ट्रिय रुपमा अभ्यास भइरहेको सिस्टमलाई पनि जोड दिन सकिने प्रतिवेदनको सुझाव छ ।प्रतिवेदनमा मुख्य श्रम गन्तब्यका दूतावासहरुलाई प्रभावकारी, श्रोत साधनयुक्त र जिम्मेवार बनाउन विभिन्न सुझावहरु समेटिएको छ । आउट सोर्सिङ गरेरै भए पनि कामदारको गुनासो सुन्ने व्यवस्था गर्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएका छन् ।विदेशिने युवाले गर्ने स्वासथ्य जाँचमा हुने सिन्डिकेट तोड्न र कुनै देशले निश्चित संस्था तोक्न चाहे सरकारसँग सम्झौता गर्नुपर्ने व्यवस्था अनिवार्य पनि सुझाव दिइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी