बामदेवको चाहना प्यूठान !

56 Hits

काठमाडौं–नेकपाका सचिवालय सदस्य बामदेव गौतम डोल्पाबाट नभई प्युठानबाट चुनाव लड्न चाहेको आजको दृष्टिसाप्ताहिकले समाचार छापेको छ । हाल पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाका सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाएर गौतम त्यहाँबाट चुनाव लड्ने चर्चा भैरहेको बेला दृष्टि साप्ताहिकले ‘बामदेवको चाहना प्यूठान’ शीर्षकमा समाचार छापेको छ ।

नेता गौतम डोल्पामा चुनाव जितिनेमा भने ढुक्क नरहेको भन्दै दृष्टिले स्रोतलाई उद्धृत गर्दै आफ्नो पुरानो चुनावी क्षेत्र प्युठानबाटै चुनाव लड्न चाहेको उल्लेख गरेको छ ।त्यसका लागि वाम गठबन्धनकी उम्मेदवारकी रुपमा प्युठानबाट चुनाव जितेकी दुर्गा पौडेललाई राजिनामा दिन लगाउने प्रयास समेत भइरहेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइए अनुसार डेढ बर्षपछि राष्ट्रियसभाको निर्वाचनमार्फत पौडेललाई राष्ट्रियसभामा ल्याउने र उनलाई मन्त्री बनाउने आश्वासन दिएर राजिनामा गराउने प्रयास समेत भइरहेको छ । तर, पौडेलले निर्णय दिइनसकेकी समाचारमा बताइएको छ । गौतमलाई शक्तिशाली प्राधिकरण बनाएर त्यसको उपाध्यक्ष नियुक्ति गर्ने तयारी समेत प्रधानमन्त्री कार्यालयले गरेको तर, त्यो प्रस्ताव पनि रोकिएपछि गौतमलाई सांसद बनाउने प्रयास अघि बढेको दृष्टि साप्ताहिमा समाचार छ ।

केही दिन अगाडि मात्र एक दैनिक पत्रिकामा बामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी भएको समाचार छापिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी