नोटमा केरमेट गरे जेल !

60 Hits

काठमाडौं–नोटमा लेख्ने वा केर्ने गर्नु भएको छ ? यदि त्यसो हो भने जो कोहीले यस्तो बानीलाई तत्काल हटाउनु पर्ने भएको छ । अबदेखि  नोटमा लेख्न वा केरमेट गर्न नपाइने भएको छ । नोटमा केरेको भेटिएमा जेल चलान हुनेछ ।
मुलुकी अपराध (संहिता) ऐन  २०७४, मुलुकी फौजदारी कार्यविधि .(संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय) निर्धारण तथा कार्यान्वयन ऐन २०७४ भदौ १ गते देखि लागू हुँदैछ । सोही ऐनको परिच्छेद २२ मा मुद्रा सम्बन्धि कसुरको व्यवस्था गरिएको छ ।
परिच्छेद २२ को दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न  र लेख्न नहुने भनिएको छ । अधिकार प्राप्त अधिकारीको आदेश बिना नोटमा लेख्न वा केरमेट गर्न, जलाउन लगायत कुनै पनि काम गर्न पाइने छैन ।
मुद्रा सम्बन्धी कसुरमा अन्य सजाय यस्तो छः
खोटा मुद्रा बनाए  ५ देखि १० वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । खोटा मुद्रा भनेको नक्कली मुद्रा हो । नक्कली मुद्रा हो भनेर जानी— जानी प्रयोग गर्छ र खोटो मुद्रा बनाउने सामान घरमा राख्छ, त्यस्ता सामानको मर्मत गर्छ भनेपनि त्यस्तो व्यक्तिलाई सात वर्ष कैद र सत्तरी हजार रुपैयाँ जरिवाना हुने व्यवस्था यस ऐनमा छ ।  यस्तै धातुको मुद्राको तौल घटाएर बनाए भने पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन्छ ।
परिच्छेद २२ अनुसारको कसुरमा कसुर भएको थाहा पाएको मितिले एक वर्षसम्म उजुरी नगरेको अवस्थामा भने उजुरी नलाग्ने व्यवस्था यस ऐनमा छ । यस परिच्छेदको दफा २५६ देखि २६६ सम्म मुद्रा सम्बन्धी कसुरका सजायहरु उल्लेख छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी