मदिरा प्रेमीका लागि ईमाडोलको ‘निक्सन स्टोर’

210 Hits

लिला श्रेष्ठ ।ललितपुर,  १४ साउन।

नेपालमा अहिले सम्म झन्डै ५२ वटाभन्दा बढी साना ठुला मदिरा उद्योग छन् भने सरकारी आकडा अनुसार अहिले नेपालमा ४० प्रतिशतभन्दा बढी मदिरापान गर्नेहरू हुनसक्छन् । नेपाली परम्परा अनुसार बिशेष चाडपर्वमा मदिरापान गर्ने गरिन्छ। तर आजभोलि प्राय समयमा मानिसहरु मदिरापान गर्ने गर्छन। कसैले सौखको रुपमा गर्छन त कसैले सस्कृति परम्परा जोगाउनको खातिर मदिरापान गर्छन।

आजभोलि बिबाह,बिभिन्न पार्टि,ठुला-ठुला समारोह,पारिबारिक जमघट,पिकनिक,लगाएत हरेक रमाईलो मौसममा मदिरा पान सामान्य बनेको छ। त्यही कारणले पनि नेपाली मदिरा बजार अलि फस्टाएको देखिन्छ भने मदिरा प्रेमीहरु पनि विभिन्न ब्राण्डका मदिरामा रमाएकै देखिन्छन।


ओखलढुंगाका प्रलाप राई आजभोली देखिने मदिरा कल्चर स्वभाविक मान्छन। उनि भन्छन-‘ गाउँघर मात्र नभई शहरका विभिन्न समुदायका विवाह र भोजभतेरमा मदिरा रहनु इज्जत प्रतिष्ठाको विषय बनेको छ । त्यस्ता समारोहमा मदिरा व्यवस्था नभएको खण्डमा नाक खुम्च्याउने, आनन्द नमान्नेहरू पनि छन् । बिहे भोजमा मात्र नभई पास्नी, न्वारन, गुन्युचोली लगायत आदि कर्ममा पनि मदिरापानको शौख बढ्दैछ’ । राईले भने जस्तै मदिरा, प्रतिष्ठाको बिषय बनेपनि यसलाई सकारात्मक/नकारात्मक दुवै तर्फबाट हेरिनुपर्ने नेपाली चलचित्रका नायक साथै निर्माता राज तिमल्सिनाको बुझाई छ,तर पनि मदिरालाई सभ्य ढंगबाट प्रयोग गर्न र गराउन जरुरि पनि छ।

खोटांङ्का योगेश दाहाल मदिरा ब्यबसायी हुन् । केहि समयदेखि उनि यो ब्यबसायमा रमाएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत ईमाडोल कृष्ण मन्दिर संगै टिकाथली जाने बाटैको मोडमा उनको बिशाल मदिरा पसल छ । निक्सन स्टोर नाममा रहेको उनको मदिरा पसल अन्य भन्दा अलि भिन्न छ। देश,बिदेशका विभिन्न उच्च ब्राण्डका मदिरा पाउने उनको निक्सन स्टोरमा सरकारले दिएको मापदण्ड अनुसारका विभिन्न किसिमका मदिरा पाउने उनले बताएका छन्। होलसेल,साथै खुद्रा मादिरा पाईने उनको पसलबाट ठुला-ठुला विभिन्न समारोहका लागि पनि अर्डर लिने साथै नेपालका बिभिन्न स्थानमा होलसेल बिक्रिबितरण गर्ने उनको भनाई छ । उमेर नपुगेका केटाकेटीलाई मदिरा लिन या किन्न बन्द गरेका उनले आफ्नो ब्यापार भएपनि नियम बिपरित गएर मदिरा बिक्रि नगर्ने बताएका छन्। सफल मदिरा ब्यबसायीको रुपमा चिनिएका योगेश दाहाल अनुशासित हिसाबले मदिरापान गर्नाले फाइदा हुने कुरा बताउछन। उनका अनुसार नेपालमा मदिराको तीन खाले बजार छ । आयातीत, स्वदेशी बियर र रक्सी । यसको कारोबारी बजार ४० अर्बभन्दा बढीको छ । ब्राण्डेड उत्पादन बाहेक हाम्रो समाजमा घरेलु रक्सी उत्पादन गर्ने समूह र जाति पनि छन् । घर—घरमा बनाइने रक्सीको उत्पादन र उपभोगको बजारलाई मान्ने हो भने यसको कारोबार एक खर्बभन्दा बढी छ ।

ब्यबसायी दाहाल भन्छन – ‘सरकारले मदिरा उत्पादन तथा आयातबाट भन्सार, अन्त:शुल्क, भ्याट, राजस्व, आयकरसहित असुल गर्दै आएको छ तर ब्यबसायलाई सरलीकृत गरेर लानु पर्नेमा उअको जोड छ । त्यसमध्ये अन्त:शुल्क तर्फको मदिराबाट मात्र २५ अर्बभन्दा बढी राजस्व उठ्छ । हरेक वर्षको बजेट भाषणमा सरकारले सुर्ती, चुरोट र मदिराजन्य पदार्थमा राजस्व वृद्धि गरिरहेको हुन्छ । लगभग ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुन्छ । मदिरा उद्योगहरू अयातित पदार्थबाट मात्र चलेका छन् । देशको मदिरा उद्योगमा प्रविधिक जनशक्ति कम भएकाले भारतीय जनशक्तिमा भर पर्नुपरेको अवस्था छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी