खप्तड नटेकी मरियो भने…

129 Hits

–तारानाथ पहारी// वर्षौंदेखिको खप्तड घुम्ने सपना यसपालि कन्सेप्ट नेपालको ‘खप्तड काव्य यात्रा–२०७५’ले सफल बनायो । यात्रा संयोजक एवं पर्यटन पत्रकार मित्र अमृत भादगाउँलेको निम्तोसँगै प्रदेश नं ४ बाट हामी ४ जना गनेस पौडेलअमृत सुवेदीसागर उदास र म खप्तड जाने टुँगो भयो।

यात्रामा राष्ट्रिय गानका रचनाकार दाजु व्याकुल माइला पनि सहभागी हुनुकासाथै देशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने लेखकहरूको जमघट हुने खबरले उत्साहित बनें। मेरा लागि यो यात्रा नौलो हुनु स्वभाविक थियो किनकि हाम्रा कार्यक्रमहरूमा हामी बढी पर्यटनकर्मी यात्रा गर्छौं । यसपालि कविज्यूसँगको यात्रा हुँदैछ।

व्याकुल दाइसँगै साइक्लिष्ट मित्र रन्जन राजभण्डारीको समूहसँग खप्तड यात्रा कतिबेला गरुजस्तो लाग्न थाल्यो। भिडियो र पोष्टरमा देखिएको खप्तडका पाटनमा आफैं लडिबुडि खेल्न पाइने दिन औंला भाँची भाँची गन्न थालें।

आयोजकले भने अनुसार स्लिपिङ्ग ब्यागस्टिकडाउन ज्याकेट सबै बन्दोबस्त गरें। अन्ततः खप्तड जाने दिन पनि आयो ६ जेठमा । पोखरा बसपार्कबाट अमृत र म निस्कियौं । चाउथेबाट गनेसजी थपिए । हामी दमौली झरेर सागर दाइकोमा गयौं । काठमाडौंबाट आउने साथीहरूलाई मुग्लिनमा भेट्ने योजना अनुसार हामी दमौलीमा खाजापानी खाएर मुग्लिन लाग्यौं।

हामीले प्रदेश नं ४ का तर्फबाट सहयात्रीहरूलाई मुग्लिनमा स्वागत गर्ने योजना बनायौं। सागर दाइको घरको कोसेली तिलको छोपचिउरात्रिशूलीका माछा र बियरको मातमा झुम्यौं हामी । त्यसमाथि सागर दाईको नाचगानले समय कट्यो ।

जब भादगाउँलेजीले हामी मुग्लिन आइपुग्न लाग्यौं भन्ने खबर गर्नु भयो तब हामी हस्याङ्ग फस्याङ्ग गर्दै गाडी रोकिने ठाउँमा पुग्यौं । राती साढे ८ बजे हामी बसमा चढ्यौं । रतय भएको स्वागत कार्यक्रम अनुसार सागर दाइले सबैलाई स्वागत भन्दै क्यासेटमा राष्ट्रिय गान बजाउनु भयो । हामीले साथीहरूलाई जुस बाँड्यौं ।

बस गन्तव्यतिर गुड्यो । हामी बसभित्रै नाच्दै गाउँदै गर्न थाल्यौं । नारायणगढबाट चितवनहेटौंडा र इटहरीका साथी बसमा चढे । अनि हामी एकैचोटी गैंडाकोटमा खाना खान रोकियौं ।

जेठ ७ गते बिहान बाँकेमा खाना खायौं । त्यहाँ नजिकै नयाँ गाउँ होमस्टे रहेछभ्रमण गर्ने मौका मिलेन । त्यो दिन हामी कर्नाली चिसापानी पुलमा फोटा खिचेर धनगढी पुग्यौं । धनगढी पुग्नु अघि अत्तरियामा काफल किनेर खायौं ।

धनगढीको होटल दिनेशमा रिफ्रेसमेन्ट तथा खानाको व्यवस्था गरेका थिए सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपी हमालले । उनले न्यानो आतिथ्यतासहित स्वागत गरे र विदाइमा राष्ट्रिय झण्डा दिए।

होटल दिनेशमा वायुयान संग्रहालयका सञ्चालक एवं प्रख्यात पाइलट वेद उप्रेतीसँग पनि चिनापर्ची भयो । उहाँले हामीलाई धनगढीको वायुयान संग्रहालय पनि घुमाउनु भयो । वर्षका ६ महिना नेपाल र ६ महिना विदेशमा बस्दै आउनु भएको वर्षमा क्याप्टेनसाप्ले आफ्नो जन्मथलोमा केही गर्नु पर्छ भन्ने सञ्देश दिनु भएको छ । यस्ता सतपात्र्लाई नमन ।

धनगढीबाट हामी मिनिबस लिएर दिपायल प्रस्थान गर्यों । बीचमा डोटीको बोडरमा चिया नास्ता खायौं । रातीको खाना भातकाँडामा भयो । हामी मध्य रातमा दिपायल बजार पुग्यौं । त्यहाँ राम्रा होटल रहेछन् । हामी होटल घटालमा बस्यौं ।

जेठ ८ गते विहान हामी सिलगढीतर्फ लाग्यौं  । हाम्रो समूहमा खप्तडको साइक्लिङ पर्यटन अध्ययन गर्न चार जना साइकलेहरु रञ्जन राजभण्डारीगोपाल श्रेष्ठसुदिप पौडेल र देवेन्द्र बस्न्यात थिए । उहाँहरु जीपमा साइकल राखेर अघि बढ्नु भयो । हामी चाहिँ लोकल बसमा सररर ।

दिपायलबाट सेती गण्डकी पार गर्दै नागबेली पहाडी बाटोबाट सिलगढी पुग्यौं । त्यहाँको शैलेश्वरी मन्दिर दर्शन गरियो । शैलेश्वरीका पूजारीले मन्दिरको कथा सुनाएभएछ के भने बिहे लगत्तै भगवान शिव र पार्वती कसैलाई पनि पत्तै नदिई सिलगढीको डाँडा आएछन् । देवताहरु उनीहरुलाई खोज्दै जाँदा त्यहाँ उनीहरु हनिमुन मनाउँदै रहेछन् । लाजले दुबैजना शिलामा परिणत भएर बसेछन् ।

पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले खप्तड काव्य यात्राकै दौरानमा जीवनभर संस्कृति जर्गेनामा योगदान गरेका तीन जना लोकसंस्कृतिकर्मीलाई पनि सम्मान गर्यों । जनही दश हजार नगदसहित प्रमाणपत्र पाउँदा डेउडा गायक गोपाल पार्कीकलाकार धनबहादुर मल्ल र हुड्के कलाकार पदम नेपाली गदगद् देखिन्थे ।

कलात्मक पोशाकमा सजिएका पदम नेपालीले त हामीलाई नाच पनि देखाए । बधाई छ तीनैजनालाई । यी पात्रको छनोट कवि मित्र हेमन्त विवशजीले गर्नु भएको रहेछ । यस्ता भुइँमान्छेको सम्मान उदारहणीय काम हो ।

सम्मानपछि हामी खाना खाइवरी दुइटा जीपमा झिग्रानातिर लाग्यौं । कच्ची बाटो १५ किमी जीप यात्रा गर्न डेढ घन्टा लाग्यो । बाटोमा हामीले ऐंसेलु पनि खायौं ।

झिग्रानामा एक जना भरिया दाइको व्यवस्था गरेर हामी उकालो चढ्यौं । ५ मिनेट उकालो चढ्नेवित्तिकै खप्तड राष्ट्रिय निकुन्जको सुरक्षा पोष्ट आयो । त्यहाँ सेनाले सोधखोज गर्यो ।

सबै उकालो लागिसकेका थिए । हामी पनि तिता मिठा गफ गर्दै ५ घन्टा उकालोपछि राती बीचपानीमा पुग्यौं । त्यहाँ एउटा होटल रहेछ । निकुञ्जको धर्मशाला रहेछ त्यो जहाँ सामान्य खाना र बास पाइन्छ ।

दुखम् सुखम् बसेम हामी । भान्छा कोठा बढारेर त्यहीँ सुत्यौं ।

बिहान चिया खाएर खप्तडतिर लाग्यौं । बीचपानीसम्म आउँदा पसिना चुहिएको थियोआज त सजिलो बाटोमा । बाटोमा गंगा दशहरा मेलामा आउने तीर्थालुका लागि अस्थायी खाजा पसल रहेछहामीले त्यहाँ रोटी तरकारी खायौं ।

हामीले फोन डाँडा लेखिएको साइनवोेर्ड देख्यौं । अचम्म लाग्योपहिला पहिला त्यहाँबाट मात्र फोन लाग्थ्यो रेत्यही भएर फोन डाँडा नामाकरण गरिएको । डोट्याली साथीहरुको कुरा सुनेर मोबाइल फोन निकालेको त नभन्दै टावर देखायो । घर पोखरामा फोन गरें ।

त्यो बिहान हामी हिँडिरह्यौंहिँडिरह्यौं । डाँडा कटेपछि हरियो पाटन देखियो । पाटन देख्दैमा हाम्रो हृदय हाँस्यो । हामी मोहित भयौं । पाटनका हरिया थुम्कासेता

साथीहरुले क्यामेरा र र स्मार्ट फोनबाट भटाभट फोटा खिचे । सायद यात्राभरिकै धेरै तस्बिर त्यही पाटनको खिचियो होला ।

अगाडी बढेपछि डाँडाको फेदीमा एउटा धर्मशाला रहेछ आर्मीले बनाएको । हिउँमा परेर वितेका जवानहरुको सम्झनामा बनाएको धर्मशाला । त्यहाँ पनि तीन दाजुभाइले दुकान थापेका रहेछन् । चनाको तरकारी र हलहलेको साग (सोही पाटनमा पाइने साग) पनि खायौं ।

त्यहाँबाट हामी उकालो चढ्यौं । पाटनको दृष्यले थपिएको उर्जाका कारण उकालो कटेको पत्तै भएन । फेरी अगाडि अर्को विशाल पाटन देख्यौं जहाँ डिँगा र घोडा चरिहेका । खप्तड एरियामा हाम्रै पोखराकै जस्ता गाईभैंसी र बाख्रा पो देखिए ।

पाटनमा खप्तड जाने श्रद्घालुहरूका लाईन नै थियो । यसपाली जेठ १० गते गंगा दशहरा मेला परेको थियो । दशहरामा त्रिबेणीमा नुहाएर दर्शन गर्ने चलन छ । वर्षको एक पटक त्यहाँ मेला लाग्छ ।

तल्लो फेदीतिरबाट मेरा कानमा पनि डेउडाको आवाज ठोक्कियो । हामीले चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा फहराई रह्यौ । मन चंगा जस्तै उड्यो ।

५ मिनेट ओर्लने वित्तिकै युवतीहरु डेउडा नाच्दै गरेको ठाउँमा पुग्यौं । मैले पनि जीवनमा पहिलोपटक प्रत्यक्ष डेउडा गाएको सुनेंदेखें । हामी पनि डेउडाको तालमा ताल मिलाएर नाच्यौं ।

कोरीवाटी चिटिक्क आँखामा गाजलगाला पनि लालि भरेर नाचेका  चेलीबेटीसँग नाच्यौं । कतिपय उनीहरुको भाषा बुझिएन । अन्त्यमा उनीहरुले भने– बिदा हुन्छौं टाटाबाई बाई भनेको मेरो कानमा अहिले पनि गुञ्जिरहेको छ ।

गीत गुञ्जनसँगै हाम्रो यात्रा निरन्तर अघि बढ्यो । हरिया फाँटनिलो आकाश र गाइबस्तु । बीचमा बगेको खोला अहा कति सुन्दर । खोलाको तिरैतिर हिँड्दा अलिक माथि सेताम्मे गुराँस देख्यौं ।

आँखा र खुट्टाहरुले ताल मिलाएका थिए । गोठाला नानीहरु र बुढी आमासँग गफिँदैक्यामेरामा कैद गर्दै गर्दाका क्षणहरु अविस्मरणीय रहे । यतिकैमा एउटा उकालो आयो। उकालो कट्नेवित्तिकै आर्को ठूलो पाटन देखियो । त्यहाँ महोत्सवस्थल रहेछ ।

उकालो कट्नेवित्तिकै भलिबलमा रमाएका युवा भेट्यौं । गेट काट्ने बित्तिकै भलिबल खेलको रौनक देखियो । गंगा दशहराको अबसरमा खप्तड पर्यटन महोत्सव गरिएको रहेछ । महोत्सवको प्रमुख अतिथि व्याकुल दाईलाई बनाइयो ।

हामी खप्तड पुगेपछि त दाइसँग हाम्रो भेटै हुन छाड्यो । आयोजकले उनलाई कता घुमाए कता ।

हामीले त्यहीँ पाटनको एउटा पसलमा खाना खायौं ।

नजिकै त्रिवेणीधाम थियो । त्यहाँ गंगाजमुना र सरस्वती बग्दा रहेछन् । त्रिवेणीमा स्नान गर्दा मनोकामना पुरा हुने जनविश्वास । मेला भर्न हजारौंको घुइँचो थियो।

हामीले सेनाको स्वास्थ्य शिविर नजिक झोला बिसायौं । मैले भिडको अनुहार पढेंकलिलै उमेरमा विवाह हुने भएकाले तिलहरी लगाएका स्याना उमेरका महिला धेरै देखें । डोटीबझाङअछाम र बाजुराका तिर्थालु बढी देखिन्थे ।

हामी त्यहाँबाट केदार ढुँगा हेर्दै खप्तड बाबाको आश्रमतिर लाग्यौं । करिब ४५ मिनेट उकालो चढेपछि बाबाको आश्रममा पुग्यौं । आश्रममा बाहिर पिँडिमा बाबाको मूर्ति रहेछ ।

साथीहरू भादगाउँले र म घोडा दाउनेतिर नलागि मेलास्थलमा फर्कियौं । मेलास्थलमा पालैपाल थिए । त्यहाँका अस्थायी दुकानमा रोटीजेरीपुरी र तरकारी पाइँदो रहेछ । मदिरा निषेध थियो ।

आयोजक साथीहरुले हाम्रा लागि टेन्ट व्यवस्था गरिसकेका थिएनन् । महोत्सव उद्घाटन पनि ढिला भयो । त्यो रात मेलास्थलमा बसेर रातभर डेउडा सुन्ने योजना थियो । अबेर गाडिएका टेन्ट भरपर्दा भएनन् । त्यसैले हामी मेलास्थलबाट आधा घन्टा हिँडेर निकुञ्ज मुख्यालय छेउमा आर्मिले व्यवस्था गरिदिएको टेन्टमा बस्न पुग्यौं ।

मेलास्थलबाट व्यारेक जाँदा मेघ गर्जनसहित पानी पर्यो । रेनकोट लगाएर उकालो लाग्यौं । हामी त्यो रात टेन्टमा सुत्यौं । भुइँ चिसो थियोटाउकोतिर छाम्दा पनि शितले निथु्रक्कै । खुट्टा पनि चिसैराती उठेर डाउन ज्याकेट लगाएर फेरी सुतें तर निन्द्रा लागेन ।

जेठ १० गते विहान बिहान चिया खाएर लगेज निकुञ्ज कार्यालयका कोठामा राखेर मेलास्थलतिर लाग्यौं । मलाई सयौंको संख्यामा देउडा गाएको हेर्न मन थियोभगवानले सुनेछन् त्यो रहर पुरा भयो ।

मोबाइल फोनमा त्यो भिडयो रेकर्ड गरें । अचेल पनि बेला बेलामा हेर्छु त्यसलाई । खुब मज्जा आउँछ ।

दशहराको रातमा जहिले पनि पानी पर्ने र भक्तालु पनि अभिशेक भनेर पानीमा थापिने कुरा सुन्दा अचम्म लाग्यो ।

बिहान हेलिप्याडमा एउटा सेनाको हेलिकोप्टर रोकियो । मान्छे हुर्रर त्यता लागे । अनौठो मानेर हेरे । डाँडाको डिलमा बसेर हेर्दा सेनापती पूजारीसहित आएका रहेछन् । उनीहरुले त्रिवेणी र सहस्र लिंगमा पूजा गरे ।

हामीले पनि त्रिवेणीको पानी छर्कियौंशुद्ध भयौं । तिर्थालु डुबुल्की मारिरहेका थिए । हामी चाहिँ त्यहाँबाट रोटी तरकारी खाएर सहस्रलिङतर्फ उकालो लाग्यौं । हामीले लिंग दर्शन गर्यौं र नजिकैको पसलमा खाजा खायौं ।

मनमा धेरै कुरा उब्जेका थिए । सुने अनुसार खप्तडमा दर्जनौं पाटन र दह थिए । अहिले कतिपय दह पुरिइसके भन्ने सुनियो । हामी सहश्रलिंगबाट खापर दह जाँदा कुण्ड पुरिएको देख्यौं ।

खप्तड क्षेत्र देवराज इन्द्रको प्रशासकीय राजधानी भएकोयहाँ दक्ष प्रजापतिले होम गरेको हवन कुण्ड पनि छ  । कवि हेमन्तजीले यहाँ महाभारतकाली भग्नावशेष भएको सुनाए ।

खप्तड क्षेत्रको वर्णन स्कन्द पुराणमा गरिएको छ । त्यहाँ यसलाई खेचराद्रि भनिएको छ।

हामीले खप्तड ताल पनि घुम्यौं ।  त्यहाँबाट रारा जाने पदमार्ग रहेछ । यताबाट हिँडेर जाँदा ६ दिन जति लाग्छ ।

हामी पाटनै पाटन अघि बढ्यौं । गोठमा साथीहरू बिस्कुट खाँदै थिए । त्यही बेला हामीले पर घोडचढी देख्यौं । तिनले हात उठाएर अभिवादन गरेउहाँ त हाम्रै व्याकुल दाइ हुनुहुँदो रहेछ ।

बल्ल फाँटमा दाईसँग भेट भयो । हामी साँझ निकुञ्जको गेष्ट हाउसमा बस्यौं । सुत्ने कोठाको भित्तामा काठभुइँमा पनि काठ । भुइँमा म्याट्रेस विच्छाइएको रहेछ । सुत्यौंमज्जाले निदायौं ।

बिहान त्यहाँ हामीले कन्सेप्ट नेपालको व्यारमा फोटो खिच्यौं । साथीहरुले क्यामेरा सामुन्ने आ–आफ्ना अनुभव सुनाए । त्यहाँका वार्डेन र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले हाम्रो विदाई गर्यो ।

साइकले टोली बाजुरातिर लाग्योहामी आएकै बाटो झिग्राना झर्यौं । झिग्रानाबाट दीपायल मास्तिरको ग्रामीण विकास प्रशिक्षण केन्द्रमा खाना र बास मिलाएको रहेछ डोटी उद्योग वाणिज्य संघले । त्यहाँ नुवाइधुवाई गरियो ।

काठमाडौं फर्कने दिन बिहान कान्तिपुर दैखिकका पत्रकार घनश्याम खड्काले आधा घन्टा ध्यान गराए । अनि हामीलाई दिपायलमा संघले स्वागत गर्यों ।

दिपायलबाट हामी भागेश्वर र सालमुनि दर्शन गरेर मुढेगाउँ मुन्तिरको कालागाड पुग्यौं । त्यहाँको एक होटलमा हाम्रा लागि पर्यटनकर्मी अमरबहादुर शाहीले लन्च व्यवस्था गर्नु भएको थियो । सेतीका माछालोकल कुखुराको मासुखाना र वियर धित मर्ने गरि खायौं हामीले ।

मैले मनमनै अमर दाइलाई धन्यवाद दिएँ । अनि हामी बसमै घर फिर्ता भयौं ।

खप्तड घुमेदेखि मनमाआँखामा र मस्तिस्कमा खप्तडकै दृश्य टाँसिएका छन् । साँच्चै मनमा ऊर्जा बढ्यो खप्तडमाभगवानलाई भेटे झैं मन शान्त भयो ।

वास्तवमा खप्तड हामी नेपार्लीलाई प्रकृतिले दिएको अतुलनीय उपहार हो । खप्तड हाम्रो भएकामा गौरव गरौं । जीवनमा एकपटक खप्तड नघुमि जीवन सार्थक बन्दैन । म त फेरि साथीहरूसँग खप्तड जान्छु ।

धार्मिक आस्था जोडिएको यति सुन्दर ठाउँमा राज्यको आँखा परेको देखिँदैन । हामीले माल पाएर पनि चाल पाएका छैनौं । मैले सुनेको कथा भन्छ– एउटा जोगी कमण्डलु लिएर माग्दै जाँदा विकट गाउँमा पुगे । त्यहाँका घरमा ढोका बन्द रहेछन् । जोगीले एक छाक पनि खान पाएनछ । ऊ पँधेरामा पुग्यो र पानी खाएर चित्त बुझायो ।

चौतारोमा बस्दा बस्दा जोगीलाई रिस उठेछ । यस्तो जाबो कर्म भन्दा त अब फर्केर काम गरेर खान्छु भन्दै कमण्डलु ढुँगामा बजारी दिएछ । कमण्डलु फुट्दा त जोगीको सातो गएछत्यहाँ त बहुमुल्य हिरामोती पो रहेछन् । जोगीले मनमनै भन्यो–मेरा पुर्खाले जोहो गरेका रहेछन् । त्यो सम्पत्ति बोकेर जोगी घरतिर लागेछ ।

त्यस्तै खप्तड क्षेत्र पनि हिराको खानी हो । केन्द्रीय र प्रदेश सरकारको नजरमा परोस् । चाँडै प्रचार गरी राम्रो पर्यटन गन्तव्यका रूपमा विकास भएको हेर्ने र देख्ने मन छ ।

खप्तड क्षेत्रमा होमस्टे जरुरी छविशेषत वरपरका गाउँमा स्थानीयलाई पर्यटकसँग गर्नु पर्ने व्यवहारसरसफाई आदि ज्ञान दिलाउनु पर्छ । हरेक सिजनमा खप्तड घुम्ने वातावरण मिलाउनु पर्छ ।

कतिपय ताल पुरिँदैछन्तिनको संरक्षणमा पहल गर्नु पर्छ । घर बनाउँदा पाटनको सौन्दर्य नमासियोस्ढिस्कामुनि कोठाकोठाभित्र सुविधा होस् । झट्ट हेर्दा गोठ जस्ता देखिने कटेजले पर्यटकको मन जित्न सक्छ ।

खप्तडमा पर्यटनको घाम छिप्पियो भने मात्रै समग्र सुन्दर सुदूरपश्चिमको अभियान सार्थक बन्छ ।

-setopati

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी