कविता – तिम्रो घमण्ड – बिपना ढुंगाना

170 Hits

वास्तविकता छलेर अनि
धारिला शब्द अङ्‌घालेर हिड्दै गर्दा
कुनै दिन आफ्नै अस्मितामा
ठेस लाग्ला,
जिउनुको अर्थ बल्ल
बुझ्‌नेछौ तिम्ले,
त्यो समय फर्केर आफुलाई
एकपटक नियाल्नु तिमी ।

सुन्या थिए
संसार गोलो छ रे
समयले नमिठो खेल खेलिदेला
दैवको लिला देख्नेछन सबैले
जब तिम्रो घमण्डलाई,
लाचारताले तोडिदेला
त्यो समय फर्केर आफुलाई
एकपटक नियाल्नु तिमी ।

महल देखि सडक
करोडौ बाट कचौरा,
यसमा धेरै समय पनि नलाग्ला
गन्तव्य सबको घाट नै हो,
टाढिनेछन् आफ्ना
अनि एक्लीने छौ एकदिन
त्यो समय फर्केर आफुलाई
एकपटक नियाल्नु तिमी ।

बिपना ढुंगाना, तेह्रथुम

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी