राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न महासंघको माग

106 Hits

काठमाडौं, १४ साउन। अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसमक्ष माग गरेको छ।घोषणापत्रबारे दक्षिण एसियास्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको जानकारी दिदै महासंघले उक्त घोषणापत्र अनुमोदनको माग गरेको हो।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले किसान अधिकार घोषणपत्रलाई संयुक्त राष्ट्रसंघबाट पारित गराउनका लागि विश्व समुदायकोसमेत ध्यानाकर्षण गराएको छ। मानवअधिकार आयोगले किसानहरुको अधिकारसम्बन्धी अगाडि सारेका विषयहरु स्विकार्दै खाद्य सम्प्रभुताको अधिकारका लागि संघर्ष अगाडि बढाउने महासंघले जनाएको छ ।

महासंघको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी किसानको जल, जमीन र कार्य क्षेत्रको सुरक्षा गर्दै किसानमाथि हुने विभेद र बिउ विजनको अधिकार संरक्षणमाथि विश्वव्यापार संगठन, स्वतन्त्र व्यापार संगठनबाट हुने हस्तक्षेपको विरोध गर्दछौँ । पृथ्वी, धर्तीमाता र जलवायुको संरक्षण गर्दै खाद्यअधिकारको सुरक्षाका लागि हुने लडाइमा ऐक्यवता जाहेर गर्दछौँ।’

त्यसैगरी महासंघले कृषि क्षेत्रमा हुने लैंगिक विभेदको विरोध गर्दै बिज बिजन, पानी, जिएमओ र विश्वव्यापार संगठनको हस्तक्षेपको विरुद्धमा पनि ऐक्यवद्धता जाहेर गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

दुई दिनसम्म चलेको बैठकमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विभिन्न किसान संघ संगठनका प्रतिनिधिको सहभागिता थियो। उनीहरुले आफ्नो देशको कृषि तथा किसानका बारेमा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी