मेस्सी र रोनाल्डोलाई पछि पार्दै मोड्रिच बने लोकप्रिय खेलाडी

161 Hits
काठमाडौं- यस वर्षको फिफा उत्कृष्ट खेलाडी अवार्डका लागि क्रोएसियाली मिडफिल्डर लुका मोड्रिच सबैभन्दा लोकप्रिय देखिएका छन् । गत वर्ष ३३ बर्षीय क्रिसिटयानो रोनाल्डो यो पुरस्कारबाट सम्मानित भएका थिए । उनले लगातार दुई वर्ष लिओनल मेसी र नेइमारलाई उछिन्दै यो अवार्ड जितेका थिए । तर, यसपालि अवार्डको प्रमुख दावेदारको रुपमा मोड्रिच देखा परेका छन् ।

भर्खरै ३० हजार व्यक्तिको सहभागीता रहेको मत सर्वेक्षणमा मोड्रिचलाई धेरैले मन पराएका छन् । स्पेनबाट प्रकाशित हुने पत्रिका ‘एस’ ले गरेको सर्वेक्षणअनुसार उनी सबैभन्दा अगाडी छन् । जसमा मोड्रिचलाई मात्र ४६ प्रतिशत मत परेको छ । फिफाले केही समयअगाडि उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो, मेसी, केभिन डि ब्रुयन, एन्टोनी ग्रिजम्यन, इडेन हाजार्ड, ह्यारी केन, केलियन बाप्पे, लुका मोड्रिच मोहम्मद सालाह र राफायल भारानको नाम सार्वजनिक गरेको थियो ।

सर्वेक्षणमा मोड्रिचलाई १४ हजार २ सय २७ मत (४६ दशमलव ७८ प्रतिशत), रोनाल्डोलाई १७ दशमलव ५९ प्रतिशत, मेसीलाई १४ दशमलव ४१ प्रतिशत, ग्रिजम्यनलाई १२ दशमलव ८ प्रतिशत, भारानलाई ३ दशमलव ६५ प्रतिशत, बप्पेलाई २ दशमलव ८३ प्रतिशत, सालाहलाई ० दशमलव ८ प्रतिशत, हाजार्डलाई ० दशमलव ७४ प्रतिशत, ब्रुयनलाई ० दशमलव २९ प्रतिशत र केनलाई ० दशमलव ११ प्रतिशत मत प्राप्त भएको थियो । फिफा वर्ष खेलाडी अवार्ड सेप्टेम्बर २४ मा लन्डनमा आयोजना हुँदैछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी