संसदमा चौधरीको प्रश्न – गोविन्द केसी हत्यारा हुन्, कसले कारवाही गर्छ ?

38 Hits

काठमाडौं, १३ साउन । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीलाई ‘हत्यारा’को संज्ञा दिइन् । चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले केसीको अनशनकै कारण थुप्रै विरामीको अनाहकमा ज्यान गएकाले कारबाही गर्नुपर्ने माग गरेकी हुन् ।

‘दाङको देउखुरी लमही नगरपालिका वडा नम्बर १ का हेपाटाइटिस विरामी गोविन्द चौधरीको टिचिङ अस्पतालले भर्ना लिन नमान्दा ज्यान गयो, यो एउटा उदाहरण मात्र हो ।’ चौधरीले भनिन्, ‘यसको जिम्मेवारी कसले लिने ? कांग्रेसले लिन्छ कि केसीले लिन्छन् ? त्यसैले डा. केसी हत्यारा हुन् । हत्यारालाई कारबाही गर्ने कि नगर्ने ?’

देश संघीयतामा गइसकेको र मेडिकल कलेज खोल्ने विषय प्रदेश सरकारको अधिकार क्षेत्र भित्र पर्ने भएकाले सरकारले हस्तक्षेप गर्न नपाउने तर्क राखिन् ।

केसीलाई चौधरीले हत्यारा भनेपछि कांग्रेस सांसद डिला संग्रौलाले हात उठाउँदै नियमापत्ती जनाउन खोजिन् तर चौधरीलाई सभामुख कृष्णबहादुर महराले बोल्न रोकेनन् । त्यसपछि आक्रोशित हुँदै उनले भनिन्, ‘कुन नियमले आपत्ति गर्दै हुनुहुन्छ ? कांग्रेस र केसीले गर्दा ठीक सरकारले गर्दा वेठिक ?’

छलफलमा १७ सांसदले चिकित्सा विधेयकमाथि पक्षविपक्षमा आफ्नो भनाइ राखेका थिए । उनीहरूले उठाएको प्रश्नको जवाफ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल दिएका थिए । by-naya patrika

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी