इण्डोनेसियामा शक्तिशाली भूकम्प : ११ जनाको मृत्यु

56 Hits

इण्डोनेशिया- इण्डोनेशियामा आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प  ६ दशमलव ४ रेक्टर स्केलको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ ।  हजारौँ भवन भूकम्पमा परि ध्वस्त भएका छन् भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

इण्डोनेसिया भूकम्पको उच्च जोखिममा रहेको मुलुकमा पर्छ । जहाँ वर्षेनी जसो भूकम्प जाने गरेको छ । सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको मृत्यु भएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी