भिसा लागेका २२५ जनाले लिए मलेसियाको अन्तिम श्रम स्वीकृति
काठमाडौँ– झण्डै दुई महिनापछि खुलेको मलेसियाको अन्तिम श्रम स्वीकृति २ सय २५ जनाले लिएका छन् ।
गत जेठ २ गतेबाट बन्द भएको मलेसियाको अन्तिम श्रम स्वीकृति गत आइतबार खुलेको छ । मलेसियाका लागि अहिले पनि जेठ २ गते पहिले नै भिसा लागेका कामदार मात्रै जान पाउँछन् । वैदेशिक रोजगार व्यवसायी संघले यस्ता कामदार ४६६ जना रहेको तथ्याँक बुझाएको संघका अध्यक्ष रोहन गुरुङले बताए ।
यी मध्येपनि केहि कामदार सम्पर्कमा नआएको र कतिपय व्यवसायीले तथ्याँक नबुझाएको तर अहिले श्रम स्वीकृति लिइरहेकाले यसरी जान बाँकी करिव ५ सय जति हुन सक्ने उनको अनुमान छ ।