अमेरिकामा डढेलो : अग्निनियन्त्रकसहित १० मारिए, ४० हजार विस्थापित

48 Hits

क्यालिफोर्निया, १३ साउन /

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ।

डढेलो शुरू भएयता कम्तीमा १० जनाको ज्यान गइसकेको खबर आएका छन् भने १२ जना हराइरहेका छन्। ज्यान गुमाएका पाँचमध्ये दुईजना बालबालिका र उनीहरूका जिजु हजुरआमा पनि रहेको खबरहरू छन्।

उक्त डढेलोमा बिहीवार दुईजना अग्निनियन्त्रकहरू मारिएका छन् / न्याशनल गार्डसहित हजारौँ आपत्‌कालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन्।

डढेलोका कारण पाँच सयभन्दा बढी घरमा क्षति पुगेको छ। अलास्का र टेक्ससबीच उत्तर अमेरिकामा १ सयभन्दा बढी डढेलो लागेका खबरहरू छन्।

शास्टा काउण्टीमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ त्यसले रुखहरू ढालिदिएको र गाडीहरूलाई हुत्त्याइदिएको अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन्।

‘कार फायरु भनिएको आगोका लप्काहरूले कम्तीमा पाँच सय संरचना भत्काइसकेको छ र हजारौँ घरलाई जोखिममा पारेको छ।सोमवारको डढेलो एउटा कार बिग्रिएपछि शुरू भएको थियो।

मौसमको अनुमान
उक्त डढेलो अहिले १ सय ९४ वर्ग किलोमिटरमा फैलिएको छ, जुन सान फ्रान्सिस्को शहरभन्दा ठूलो क्षेत्रफल हो।

शेरी ब्लेडसोइले आफ्नी ७० वर्षीया हजुरआमा मेलोडी ब्लेडसोइ र दुई सन्तान पाँच वर्षीया इमिली रोबर्टस् र चार वर्षीय जेम्स रोबर्टस् डढेलोका कारण मारिएको पुष्टि गरेकी हुन्।

एनबीसी समाचारका अनुसार रेडिङ नगरस्थित आफ्नो घर छोडेर जाने क्रममा उनीहरूलाई डढेलोले बाटोमै भेटेको थियो।– बीबीसीबाट 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी